इमेज सहकारी ठगी प्रकरणका मुख्य आरोपित ढोरपाटनका मेयर देवकुमारलाई पोखरा ल्याइयो
समाधान संवाददाता
२०८१ कार्तिक २५ गते १३:०५

पोखरा । पोखराको इमेज सहकारी ठगी प्रकरणका मुख्य आरोपित देवकुमार नेपालीलाई आइतबार बिहान पोखरा ल्याइएको छ । बागलुङ जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका नेपालीलाई प्रहरीले पोखरा ल्याएर सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु गरेको छ । अहिले भने उनलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बयान थालिएको हो । उनी पोखराको सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष हुन् ।
सूर्यदर्शन सहकारीको अध्यक्ष हुने इच्छा पूरा नभएपछि उनले बागलुङ र पोखरामा इमेज सहकारी खोलेका थिए । २ ठाउँका इमेज सहकारीबाट २ अर्बभन्दा धेरै रकम अपचलन गरेको आरोप उनीमाथि छ ।
सहकारीको रकम हिनामिना पारी भागेका नेपालीलाई पक्राउ गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको थियो । उनलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया