पत्रकार ओम हमालको रिहाइको माग गर्दै धर्ना

समाधान संवाददाता, पाेखरा
पोखराका पत्रकार ओम हमालको रिहाइको माग गर्दै पोखराका पत्रकारले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको अगुवाइमा प्रशासनको मूल गेटमा बुधबार धर्ना दिइएको हो ।
पत्रकारहरूले धर्नाको साथै हमालको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई कास्की प्रशासनमार्फत् ज्ञापनपत्र बुझाएका छन् ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलमार्फत् प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य रहेका पत्रकार हमाललाई गैरकानुनी रूपमा थुनामा राखिएकोले तुरुन्त बिनासर्त रिहाइको माग पत्रकारहरूले गरेका छन् ।
विप्लव समूहको कार्यकर्ताको आरोपमा पत्रकार हमाल भदौ ६ गते कास्कीको शिशुवाबाट पक्राउ परेका थिए ।
उनलाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर, रिहा भएलगत्तै सर्वोच्च अदालतको गेटबाटै प्रहरीले फेरि पक्राउ गरेको थियो। पत्रकार हमाल जनसञ्चार डट कमका सम्पादक हुन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया