गण्डकी मेडिकल कलेजका विद्यार्थी अनसनमा

विकास रोकामगर
पोखरा, गण्डकी मेडिकल कलेजका विद्यार्थीले रिले अनसन थालेका छन् । सरकारले तोकेको शुल्कमै आफूहरुले पढ्न पाउनुपर्ने, बढी लिइएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने र आफूहरुले बुझाएको शुल्कको बिल पाउनु पर्ने विद्यार्थीको छ । आन्दोलन थालेको लामो समय भइसक्दा पनि प्रशासनले कुनै चासो नदेखाएको भन्दै आइतबारदेखि उक्त मेडिकलमा अध्ययनरत विद्यार्थीले रिले अनसन सुरु गरेका हुन् ।
अस्पतलाका विद्यार्थी १० दिनदेखि आन्दोलनमा छन् । यसअवधिमा ४ पटकसम्म अस्पताल प्रशासन र आन्दोलनरत विद्यार्थी पक्षबीच वार्ता पनि भइसकेको छ । आधारातसम्म बसेको वार्ताले बाटो नदेखाउँदा र कक्षाकोठामा १७ र ओपिडीमा माघ २२ गतेदेखि तालाबन्दी छ ।
प्रशासनले वार्तामा बोलाउने तर सहमति बिनै झुलाइरहेको आरोप लगाउँदै विद्यार्थीले माग पूरा नभएसम्म रिले अनसन सुरु गरेका छन् । ‘हामीले मागेका माग पूरा गर्नतिर लाग्छौं भन्नुहुन्छ । बढी लिएको शुल्क र बिल माग्दा फिर्ता हुँदैन, अब कार्यान्वयन गर्छौं भन्नुहुन्छ,’ मेडिकल विद्यार्थी प्रवीण गौतमले भने ।
कलेजको प्रशासनबाट फोन गरेर आन्दोलन छोड्न धम्की दिने गरेकोसमेत विद्यार्थीको गुनासो छ । सन् २०१५ देखियताका ब्याचका विद्यार्थी बढी शुल्क लिएको भन्दै विरोधमा उत्रिएका हुन् । विद्यार्थीले यस्तै आन्दोलन यसअघि पनि गरेका थिए । यसअघि बढी लिएको शुल्क फिर्ता गर्ने लगायत सहमतिमा आन्दोलन सकिएको थियो । सहमतिबेगर उल्टै अतिरिक्त शुल्क लिने र बिल पनि नदिने गर्ने काम भइरहेकाले फेरि आन्दोलनमा उत्रनुपरेको विद्यार्थी रविना मिश्रले बताइन् ।





लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
डब्लुटिएममा सहभागी नेपाली व्यवसायी रुष्ट, पैसा फिर्ता मागे
रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया