जाली नोटको कारोबारी प्रहरीको जालोमा

सुरेशराज अधिकारी
नक्कली नोट प्रयोग गर्ने २ जनालाई सोमबार वडा प्रहरी कार्यालय बगरले मालेपाटनबाट पक्राउ गरेको छ । मकवानपुर घर भई पोखरा महानगरपालिका ५ पस्र्याङ धारामार्गमा डेरा गरी बस्ने नरेश लामा र उनकी श्रीमती सरस्वती बलामीलाई प्रहरीले पक्राउ गरेको हो ।
नरेशले गत माघ २२ गते अर्मलाको १ पसलमा रिचार्ज कार्ड किनेका थिए । सोही दिनदेखि नै प्रहरीले खोजी गरिरहेको थियो ।
अर्मलाको घटनामा प्रहरीले शंका गरेपछि उनीहरु बुटवलमा गएर फेरि पोखरा आएको प्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार उनीहरुले बुटवलमा पनि १ लाखभन्दा बढी नक्कली नोट साटेर पोखरा आएको प्रहरीले बताएको छ ।
बुटवलबाट श्रीमतीको नाममा १ लाख सक्कली पैसा पठाएर नरेश फेरि पोखरा आएको प्रहरीलाई बयान दिएका छन् । उनीहरुले १ हजारको नोट रिचार्ज कार्ड किन्न प्रयोग गरेको प्रहरीलाई बयान दिए । अन्य १ सयसम्मको सामान किनेर उनीहरुले हजारको नक्कली नोट साट्ने गरेको प्रहरीलाई बयान दिएका छन् ।
प्रहरीका अनुसार उनीहरुले नक्कली नोट १ हजारमात्र प्रयोग गर्थे । घरमा नै मेसिनको प्रयोग गरेर नक्कली नोट छाप्ने गरेको भेटिएको हो । पोखरा, बुटवल लगायत अन्य सहरमा पनि उनीहरुले नक्कली नोटको प्रयोग गरेको प्रहरीले अनुमान गरेको छ । अहिलेसम्म उनीहरुले कति नक्कली नोटको प्रयोग गरे भन्ने यकीन भएको छैन ।
उनीहरुबाट प्रहरीले हजारको नक्कली नोट १९ थान, नक्कली नोट बनाउन प्रयोग गरिने कलर प्रिन्टर १ थान, एनसेल तथा एनटिसी रिचार्ज कार्ड ९० हजारसहित पक्राउ गरेको छ ।
ग १४ प ३५४ नम्बरको डुक मोटरसाइकल १ थान, ल्यापटप १ थान, मोबाइल २ थान र ५ सयका २ वटा भारतीय नोट भेटिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले पोखरामा केही समय अघिदेखि नै नक्कली नोटको प्रयोग गर्दै आएको खुलेकोे छ । नरेश डुक माेटरसाइकल चढेर काराेबारमा निस्कने प्रहरीले जनाएकाे छ ।
मुद्दा खोटा चलान अनुसार उनीहरुलाई मुद्दा चलाउने प्रहरीले जनाएको छ । उक्त मुद्दामा ५ देखि १० वर्षसम्म जेल सजाय हुनेछ । पोखरामा पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती भेटिन थालेका छन् । गत साउन यतामात्र २ सयभन्दा बढी नक्कली नोट भेटिएको राष्ट्रबैंकले जनाएको छ ।







पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
सम्पादकीय—प्रवासीलाई मताधिकार
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया