वृद्धाश्रमलाई एम्पाएरको सहयोग
समाधान संवाददाता
२०७५ फागुन १० गते ९:३०

समाधान संवाददाता
पोखराको महेन्द्रपुलमा रहेको एम्पायर एजुकेसनले पोखरा १७ सीतापाइलामा रहेको वृद्धाश्रमलाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै एम्पाएरले वृद्धवृद्धाका लागि दैनिक उपभोग्य वस्तुका साथै औषधी उपचारका सामग्रीसहित नगद सहयोग हस्तान्तरण गरेको प्रवन्ध निर्देशक प्रिया थापाले बताइन् ।
एमपायरका कर्मचारीले आफ्नो मासिक तलब बराबरको सहयोग गरेका हुन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता प्रबन्ध निर्देशक थापाले व्यक्त गरिन् ।
संस्थाले अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श सेवा प्रदान गर्दै आएको छ । ‘खान पुगोस्, दिन पुगोस्’ नाराका साथ माया र सद्भाव बाँड्ने लक्ष्यले सहयोग गरिएको हो ।
सम्बन्धित







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया