घाइतेको उपचारमा खर्च अभाव

रासस
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा गत मङ्गलबार भएको पिकअप भ्यान दुर्घटनाका घाइतेहरुको उपचारमा आर्थिक अभाव भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको उपचार खर्च अभाव भएको स्थानीय जीवन पुनले जानकारी दिनुभयो ।
घाइतेमध्ये गम्भीर अवस्थामा अति सघन कक्षमा उपचार गराइरहेका सङ्गम श्रीस र सम्झना पुनको उपचारका लागि लखौँ रुपैयाँ खर्च हुने अस्पातल स्रोतले जनाएको छ । मध्यम परिवारका घाइतेका उपचारमा सहयोग पु¥याउनका लागि रकम संकलन अभियानसमेत शुरु भइसकेको छ ।
उनीहरुको उपचारमा सघाउने उद्देश्यले सहयोग संकलन अभियान चलाइएको पुनले जानकारी दिए । सबै घाइतेको घरपरिवारबाट खर्च पुर्याउन सम्भव नभएका कारण सहयोग अभियान शुरु गरिएको हो । पिकअप भ्यानका चालक र बीमामार्फत हुने उपचारका लागिसमेत आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै उपचार खर्च पाउने भएकाले उनीहरुलाई उपचार खर्चमा अभाव भएको हो ।
स्थानीय जीवन पुन मगरको नेतृत्वमा शुक्रबारदेखि शुरु गरिएको सहयोग सङ्कलन अभियानमा ६० हजार रुपैयाँ संकलन भएको पुनले बताउनुभयो । जैमिनी–८ छिस्ती भडकुवामा रहेको अखिल नेपाल महिला संघले १० हजार रुपैयाँ सहयोग गरेको छ । जैमिनी–८ छिस्तीकेवै खानीमा रहेको सनराइज युवा क्लबले ५० हजार रुपैयाँ सहयोग गर्ने बताएको छ ।
गत मङ्गलबार रापुङको भिरमा ध१ज ७९१ नंको पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । घाइतेमध्ये चार जनाको पोखरामा र तीन जनाको बागलुङमा उपचार भइरहेको छ । दुर्घटनामा परी जैमिनी नगरपालिका–८ छिस्तीका १९ वर्षीया प्रियंका पुन, ३० वर्षीया तुलसी पुन श्रीस, १३ वर्षीया ज्योति पुन र १४ वर्षीया एलिना पुनको मृत्यु भएको थियो ।
दुर्घटनामा १५ वर्षीया सम्झना पुन, १६ वर्षीया विष्णु श्रीस, २९ वर्षीया धनकला श्रीस र १३ वर्षीय सङ्गम श्रीस घाइते भएका थिए । उनीहरु चारै जनाको पोखरामा उपचार भइरहेको छ ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया