गैंडाको कथामा फिल्म

समाधान संवाददाता
गैडाँको संरक्षण गरिनुपर्छ भन्दै अभियानमा जुटेका कमलजंग कुँवरको ‘गैंडालाई ४ वर्ष’ पुस्तक प्रकाशित छ । पुस्तकमा गैंडा चोरी शिकारी किन हुन्छ, चोरी भएका गैंडा कहाँ पुर्याइन्छन्, कसरी नियन्त्रण सम्भव भयो, अभियान केका लागि थियो भन्ने यावत् जिज्ञासाको जवाफ उनले दिएका छन् । यही अभियानको तेस्रो चरणमा सोही पुस्तकमा आधारित चलचित्र ‘खाग’ निर्माण गरिएको उनले जानकारी दिए ।
दुर्लभ वन्यजन्तु संरक्षणमा जुट्न नागरिकलाई उत्साह प्रदान गर्ने हेतुले फिल्म खाग निर्माण थालिएको उनले स्पष्ट पारे । फागुन २४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा मुख्य पात्रमा प्रवीण खतिवडा छन् । खतिवडाले चलचित्रमा आफ्नो चरित्रलाई मेहनतपूर्वक उतारेको पुस्तकका मुख्य पात्र कुँवरले बताए । चलचित्रलाई मनोज पण्डितले निर्देशन गरेका छन् । यसअघि पण्डितले बधशाला, दासढुंगा, ग्रेटर नेपाल लगायतका चलचित्र निर्देशन गरेका थिए । फिल्ममा प्रमिला कुँवरको लगानी छ ।






‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
कास्की आइडलको दोस्रो चरणमा ३५ जना
ह्याङ्जाकोटको पर्यटन प्रवर्द्धनमा पैरवी
लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीमा परशुराम
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया