विद्यार्थी आकर्षित गर्न बस खरिद

समाधान
बन्दीपुर गाउँपालिका १ पिप्लेस्थित पवित्रा उच्च माध्यमिक विद्यालयले विद्यार्थी आकर्षण गर्ने उद्देश्यले बस खरिद गरेको छ । निजी विद्यालयले बस सेवा सञ्चालन गरेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्न थालेपछि विद्यालयले विद्यार्थी टिकाउन र विद्यालयमा आकर्षण बढाउन बस खरिद गरेको हो ।
बस खरिदका लागि गाउँपालिकालेसमेत आर्थिक सहयोग गरेको छ । २८ लाखको लागतमा खरिद गरिएको बसका लागि गाउँपालिकाले ६० प्रतिशत र विद्यालयले ४० प्रतिशत आर्थिक लाभ व्यहोरेको विद्यालयका अध्यक्ष हेमराज लामिछाने (क्षितिज) ले जानकारी दिए । उनले भने, ‘निजी विद्यालयले मात्रै बस सञ्चालन गर्न सक्छन् भन्ने जुन भ्रम रहेको छ त्यसलाई चिर्नका लागि पनि बस सेवा सुरु गर्न लागेका हौं ।’ उनका अनुसार सामुदायिक विद्यालयमा सरकारको करोडाैं लगानी रहेकाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गराउन सबैको पहल आवश्यक रहेको बताए ।
विद्यालयमा अध्ययनरत टाढा टाढाका विद्यार्थीको सुविधा र साना–साना विद्यार्थीको सुरक्षाका लागि बस सेवा सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । उनका अनुसार विद्यालयमा व्यास नगरपालिका १२ छिर्कने, आँबुखैरेनीको सत्रसयबाटसमेत विद्यार्थी अध्ययनको लागि आउने गरेका छन् । ‘बस सेवा सञ्चालन भएपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने अनुमान गरेका छौं,’ उनले भने । लामिछानेले चैतबाटै बस सेवा सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार बस सेवा प्रयोगका लागि विद्यार्थीबाट न्यून शुल्क मात्रै लिइनेछ । अभिभावकसँगको सल्लाह र सुझावको आधारमा बस शुल्क निर्धारण गरिने भन्दै उनले तेल खर्च, चालकका लागि तलब र मर्मत खर्चका लागि मात्रै केही रकम लिइने जानकारी दिए । उक्त बस आइतबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले विद्यालयलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा थापाले बस सेवा सञ्चालनसँगै विद्यार्थीलाई सहज हुने बताए ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया