लेकसाइडमा ‘हनिमुन सुइट रुम’सहितको होटल पोखरा भिलेज

समाधान संवाददाता २०८१ वैशाख ११ गते १६:३९

पोखरा ।

पोखरा ६ लेकसाइड हल्लनचोकदेखि करिब २ सय मिटरमाथि होटल पोखरा भिलेज नयाँ आकर्षणका साथ सञ्चालनमा आएको छ । प्रेसिडेन्सियल सुइट रुम, हनिमुन सुइट रुमसहितको नयाँ सेवा सुविधासहित भिलेज सञ्चालनमा आएको हो । लेकसाइडको पर्यटनको दीर्घकालीन सम्भावनालाई मध्येनजर गरेर भिलेज सञ्चालनमा ल्याइएको सञ्चालक हरि शर्मा गैरले जानकारी दिए ।


यसअघि २३ काेठालाई अहिले ४२ थप गरेर ६५ काेठासहितको भिलेज सञ्चालनमा ल्याएको हो । भिलेजको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी उद्घाटन गरे । तीन वर्र्षदेखि तयार गरिएको भिलेज २५ करोडको आयोजना अन्तर्गत बनेको हो । भिलेजमा प्रेसिडेन्सियल सुइट, हनिमुन सुइटका साथै डिलक्स र स्याट्यान्डर कोठाहरु पनि छन् ।

Advertisement


कार्यक्रममा बोल्दै मुख्यमन्त्री खगराज अधिकारीले निजी क्षेत्रबाट पर्यटन क्षेत्रमा उल्लखनीय काम भएको सुनाए । उनले पर्यटन व्यवसायीले अब गुणस्तरीय सेवामा केन्द्रीत भएर विदेशी पाहुनालाई आकर्षित गर्नुपर्ने बताए ।


‘मैले कामकै शिलशिलामा धेरै देश घुमेको छु । त्यहाँ पाहुनालाई केन्द्रीत गरेर धेरै सेवा सुविधा दिन्छन् । हामीले त्यसको सिको गर्नुपर्छ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘सयन कक्षामा आराम गर्ने कुरामा कप्रोमाइज गर्न हुँदैन । राज्यले गर्नुपर्ने अन्य हवाई र सडक पूर्वाधारमा जोड दिएपछि नेपालमा व्यापक पर्यटक भित्र्याउन सकिन्छ ।’ मुख्यमन्त्री अधिकारीले पोखरामा यस्तो सेवा सुविधासहित भिलेज सञ्चालनमा आउनु खुसीको कुरा भएको सुनाए ।

Advertisement


पोखरा घुम्न आएका पाहुनालाई लेकसाइटमै सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित सेवा दिने आफ्नो लामो समयदेखिएको चाहना पूरा भएको सञ्चालक शर्माले बताए । भिलेजमा दुई वटा लिफ्ट, ५० देखि ३ सय जनासम्म अट्ने तीन वटा सभाहल, प्रयाप्त पाकिङको व्यवस्था छ ।


स्वदेशमै उत्पादित ताजा खानेकुरा र आरामदायी बसोबासको व्यवस्था गर्ने उद्देश्यका साथ भिलेज सञ्चालनमा ल्याएको सञ्चालक शर्माले जानकारी दिए । ‘पर्यटकको रोजाइ के हो ? यो लामो समयदेखि बुझेका छौं । लेकसाइटमा यस्तो भिलेजका आवश्यकतालाई महशुस गरेर कोभिडपछि यसलाई बनाउन सुरु गरिएको थियो । अहिले पूर्णता पाएपछि थप सेवा सुविधासहित भिलेज सञ्चालनमा ल्याएका हौं,’ शर्माले भने ।


जिम हल, स्विमिङ पुल पनि भिलेजका आकषर्णका केन्द्र हुन् । रिसोटका बालकुनीबाट फेवातालसहितको मनोरम दृष्य देख्न सकिन्छ । हनिमुन मनाउन आउने जोडीलाई लक्षित गरेर पनि भिलेज सञ्चालनमा ल्याइएको अर्का सञ्चालक बालकृष्ण गैरेले बताए । ‘अहिले भिलेजको बुकिङ खुल्ने गरिएको छ । आफ्नो रुचिको क्षेत्र पर्यटन भएकाले यो क्षेत्रमा केही फरक तरिकाले काम गर्न सकिन्छ कि भनेर लागिपरेका छौं,’ उनले भने ।


भिलेजको उद्घाटन कार्यक्रममा बोल्दै पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले भिलेजले पर्यटकीय राजधानी पोखरालाई पूर्वाधार विकासमा एक स्टेप माथि पु¥याएको बताए । उनले अब भिलेजले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने बताए । कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, पर्यटन परिषद् पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।






तपाईको प्रतिक्रिया