मुक्तिनाथमा फाेहोर बढ्योः मुख्यमन्त्री गुरुङ

सुन्दरकुमार थकाली, मुस्ताङ
तेश्रो पटक मुस्ताङ आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुक्तिनाथमा फोहोर बढेको बताएका छन् । मुक्तिनाथ पुराङ रानीपौवा गाउँद्धारा आयोजित स्वागत कार्यक्रम मुख्यमन्त्री गुरुङले फोहोर बढेको उल्लेख गरे ।
विश्वकै धार्मिक प्रोडक्कको रुपमा रहेको मुक्तिनाथ क्षेत्रलाई वातावरण मैत्री तुल्याउन पर्नेमा जोड दिए । पछिल्लो समय तिर्थालुको आगमन र होटल तथा अन्य पूर्वाधार वृद्धि भएकाले फोहोर बढ्ने क्रम सुरु भएको जनाए । उनले आधुनिक विकासमा नाममा वातावरण अनुकुलित हुने कार्यमा सहज रहनुपर्ने सुझाव दिए ।’कम भन्दा कम क्षति हुने गरी आधुनिक संरचना निर्माणमा ध्यान दिऔं । पुराना ईतिहास, आध्यामिक कुरा , पुराताक्तिक तथा पुराना ढाँचाशैलीका काष्टकला र वास्तुकला बिथोलिन नदिऔं ।’मुख्यमन्त्री गुरुङले भने ।
मानवबस्ती वृद्धि भएपछि फोहोर बढ्नु स्वाभाविक भएको उल्लेख गर्दै गुरुङले यसको प्रदुषण र फोहोर व्यवस्थापनमा प्रदेश सरकारले ध्यान पूर्याउने उल्लेख गरे । उनले आगामी आर्थिक वर्षको बजेटमा बजेट विनियोजन गरेर खानोपानी तथा ढल निकास र आवश्यक फोहोर व्यवस्थापनका कार्य अघि बढाईने जनाए ।
मुख्यमन्त्री गुरुङले मुस्ताङ जिल्ला प्राकृतिक सौन्दर्यताले धनी भएको उल्लेख गर्दै मुस्ताङसंगै मनाङ र गोर्खाका २ पालिकालाई फिल्मसिटीको रुपमा विकास गर्न प्रदेशले योजना बनाएको बताए । उनले कुनै पनि क्षेत्रको पर्यटन वृद्धि गर्न प्रचार प्रसारको खाँचो रहने उल्लेख गर्दै यस्ता स्थानमा घरेलु कलिउड देखि हलिउड र बलिउडका चलचित्रकर्मीलाई यहाँ छायाँङ्कन गर्नसक्ने पूर्वाधार तयार गर्ने जानकारी दिए ।‘मोदी मुक्तिनाथ आउदा ६० प्रतिशत पर्यटन बढ्यो, अब फिल्मसिटी भयो भने पर्यटकले थेग्न सकिन्न ।’उनले भने ।
मुस्ताङ, मनाङ र गोर्खाका केही भागको भूगोल, संस्कृति, धर्म र भाषा मिल्दो भएकाले फिल्मसिटीका लागि नयाँ आयाम हुने जनाए । मुख्यमन्त्री गुरुङ प्रदेश सरकारद्धारा संञ्चालित आव २०७५/२०७६को आयोजना अनुमगन तथा हाईअल्टिच्युड स्टेडियम निर्माणका संम्भााव्यताका लागि आईतबार मुस्ताङ आएका हुन् ।मुख्यमन्त्री गुरुङ सहित नेकपाका प्रदेश सहईन्चार्ज खगराज अधिकारीले पार्टी प्रशिक्षण दिने जिल्ला नेता रमेश भट्टचनले जानकारी दिए ।







बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया