मुस्लिम पर्वमा सार्वजनिक विदाकाे माग

समाधान संवाददाता २०७६ वैशाख २४ गते १२:२८

समाधान संवाददाता, पोखरा

नेपाल मुस्लिम संघ गण्डकी प्रदेश कार्य समितिले आफ्नो समुदायका चाडपर्वमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष शाह मोहम्मदको अध्यक्षता बैठकले उक्त माग गरेको हो ।

अध्यक्ष मोहम्मद, उपाध्यक्ष खलिल मिया, महिला उपाध्यक्ष रफत साना मिया र केन्द्रीय सचिव सराफत अली लगायतले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानलाई ज्ञापनपत्र बुझाएर विदाको माग गरेको छ ।

Advertisement

संघीय सरकारले कटौती गरेको मुस्लिम धर्मालम्बिहरुको चाड ईद, बकर इद र मोहम्मद जयन्ती लगायत चाडहरुमा प्रदेश सरकारबाटै भए पनि विदा घोषणा होस् भनी ज्ञापनपत्र बुझाइएको अध्यक्ष मोहम्मदले जनाए । सोमबार मुस्लिम समुदायको रोजा सुरु भएको छ । १ महिनापछि इद पर्व पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया