अदालतमा प्रहरी हस्तक्षेप रोक

राज्य सञ्चालनमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै भूमिका छ । यी ३ वटै अंगले सही तरिकाले कार्य सम्पादन गरेको खण्डमा लोकतान्त्रिक राज्य प्रणाली सक्षम हुन्छ । यदि कुनै अंगले गल्ती कमजोरी गर्यो भने त्यसलाई सच्याउने वा सुधार गर्ने काम अर्को अंगले गर्छन् । त्यसैले त शक्ति सन्तुलनका लागि ३ अंगको परिकल्पना गरिएको हो ।
सार्वभौम संसदले कानुन बनाउँछ, कार्यपालिकाले कार्यान्वयन गर्न, न्यायालयले कानुनी अड्चन फुकाउँदै कानुनको व्याख्या गर्छ । तर यी ३ अंगमध्ये एउटाले मात्र आफ्नो बिरायो वा अर्कोमाथि हस्तक्षेप गर्न खोज्यो भने त्यहाँ कानुनी राजको उल्लंघन हुन्छ । कानुनी राज उल्लंघन भएको अवस्थामा नागरिक अधिकार सुरक्षित हुने कुरै भएन । एकले अर्काको अधिकार क्षेत्रको सम्मान गर्दै अगाडि बढे मात्र लोकतान्त्रिक पद्धति सुदृढ हुँदै जान्छ । यहाँ त एउटाको आदेश अर्को अंगले नमान्ने गर्दा संवैधानिक व्यवस्थाको खिल्ली उडाएजस्तो हुन थालेको छ ।
प्रहरीले गत २५ गते कास्कीको घान्द्रुकबाट पक्राउ गरेका विप्लव समर्थित विद्यार्थीै संगठनका नेता कार्यकतालाई उच्च अदालतले ३० गते रिहा गर्न आदेश दियो । पक्राउ गर्नुपर्ने येथष्ठ प्रमाण नभइ राज्य विरुद्धको कसुरमा म्याद गरेको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै दिएको आदेशलाई प्रहरीले टेरेन । बरु उल्टै हतियारसहित अदालत परिसरमै प्रवेश गरेर मध्यरातमा ९ जनालाई पुन नियन्त्रणमा लिएर अर्को मुद्दा चलायो ।
पहिला राज्य विरुद्धको कसुरमा मुद्दा चलाइएकोमा पछि सार्वजनिक अपराधको आरोप भिडाइयो । अदालतभित्रै प्रहरीको हस्तक्षेप भएकोमा उच्च बार एसोसिएसनले गम्भीर आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराइसकेको छ । उच्च अदालतलाई समेत बारले लिखित जानकारी गराएर यो विषयमा संवेदनशील हुन आग्रह गरेको छ ।
यो घटनाबाट मानव अधिकारको गम्भीर उल्लंघन भएको र न्यायालयको गरिमामा समेत गम्भीर आँच पुगेको छ । अदालतको आदेशको पालना गर्नु र मानवअधिकारको रक्षा गर्न र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्नु पर्छ । कोही व्यक्तिले अपराध गर्छ भने अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडि बढाउनु प्रहरीको दायित्व हो । तर राजनीतिक पार्टीमा आस्था राखेकै आधार पक्राउ गरेर पटकपटक मुद्दा चलाउनु र अझ न्यायालयमा हतियारसहित नै प्रवेश गर्नु पक्कै पनि सोभनीय होइन ।
हुन त विप्लब समूहका नाममा मुलुकका विभिन्न स्थानमा जघन्य खालका घटना पनि भएका छन् । त्यस्ता घटनाको हामी कहिल्यै समर्थन गर्दैनौं । नागरिकलाई ज्ञसित बनाउने खालका यस्ता घटनाले त्यही पार्टीप्रति पनि वितृष्ण पैदा हुन्छ । हत्या, हिंसा र विष्फोट अब नागरिकले पुन हेर्न चाहेका छैनन् । तर आतंकवादलाई परास्त गरेरै छाड्ने नाममा अदालतमाथि हस्तक्षेप गरी नागरिक अधिकार त खोस्नु भएन नि । विद्रोही पक्षलाई दबाएरै जान्छु भन्ने सरकारको मानसिकता पक्कै पनि सही होइन् । वार्ताका माध्यमबाट समस्याको समाधान खोजिनुपर्छ । सबैभन्दा ठूलो कुरा त अदालतमाथिको हस्तक्षेप प्रहरीले तत्काल बन्द गर्नुपर्छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया