मानव सेवा आश्रमलाई सहयोग
समाधान संवाददाता
२०७६ असार २२ गते १६:३६

समाधान संवाददाता
पुण्य परोपकार धर्म जागरण संस्था पोखरा ५ मालेपाटनले मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । चामल, दाल, तेल, नुन, बिस्कुट, जुस लगायत खाद्यान्न पोखरा १७ छोरेपाटनस्थित आश्रमका सहसंयोजक राजेन सापकोटालाई हस्तान्तरण गरेको हो । संस्थाले पहिलोपटक मानव सेवा आश्रमलाई सहयोग उपलब्ध गराएको बताउँदै जागरण संस्थाका अध्यक्ष नारायणप्रसाद अर्यालले आगामी दिनमा निरन्तर सहयोग गरिने बताए ।
संस्थाका सचिव विकास बरालले खाद्यान्न हस्तान्तरणमा गुड लाइफ बिस्कुट र जुस सम्बन्धित कम्पनीले सौजन्य उपलब्ध गराएको जानकारी दिए । अन्य सहयोग संस्थाकै पदाधिकारीहरु मिलेर जुटाएको उनले बताए । आश्रममा अशक्त, मनोरोगी, अपांगता भएका व्यक्ति, अनाथ र वृद्धवृद्धा गरी १ सय भन्दा बढी आश्रित छन् । आश्रितको पालनपोषण र लालनपालनको खर्च विभिन्न दाताबाट जुट्दै आएको छ ।
सम्बन्धित








विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया