सृजनाचाेकस्थित अवैधरुपमा सञ्चालित मेनपावरमा सिलबन्दी

समाधान संवाददाता
पोखरा
पोखराको सिर्जनाचोकमा अवैधरुपमा सञ्चालनमा ल्याइएको मेनपावर कम्पनीमा सोमबार सिलबन्दी गरिएको छ । वैदेशिक रोजगार विभागबाट अनुमति पत्र नलिई सञ्चालनमा रहेको आयुष इन्टरनेसन ओभरसिज सर्भिस प्रालिमा श्रम तथा रोजगार कार्यालय पोखराले सिलबन्दी गरेको हो । कार्यालय प्रमुख गणेशप्रसाद श्रेष्ठ र कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठसहितको टोलीले मेनपावरको सिलबन्दी गरेर कारवाही थालेको छ ।
एउटा कोठा भाडामा लिई, बोर्ड नराखी, फोन सम्पर्क मार्फत लुकीछिपी काम गर्दै आइरहेको सूचनाका आधारमा आफूहरुले कारवाही थालेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
सेवाग्राहीले दिएको गोप्य सूचनाका आधारमा श्रम कार्यालयले अनुसन्धान गरेको थियो । कम्पनी सिल गरी डेल कम्पनीको ल्यापटप १, मोबाइल १, फाइल, सम्पर्क नम्बर, रसिद तथा फारम बरामद गरिएको श्रम कार्यालयका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताए ।
प्रचलित कानुन विपरित सेवा सञ्चालन गरिरहेकाले कम्पनीलाई कारवाहीको प्रक्रिया अघि बढाइएको उनले सुनाए । ‘इजाजत नलिई सञ्चालन गरेको मेन पावर कम्पनीबारे सूचना आयो,’ उनले भने, ‘अनुसन्धानका क्रममा पनि कानुन विपरीत सेवा दिइरहेको पाएपछि सिल गरेका हौं ।’
जिल्ला प्रशासन कार्यालयको रोहवरमा सञ्चालक गजेन्द्र चमारको बयान लिई जमानीमा छाडिएको छ । थप कारवाहीका लागि वैदेशिक रोजगार विभागमा सिफारिस गरिने सूचना अधिकारी श्रेष्ठले बताए । श्रम तथा रोजगार कार्यालय पोखराले वैदेशिक रोजगारीका नाममा हुनसक्ने ठगी नियन्त्रण गर्न मेन पावर कम्पनीको अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ ।
काठमाडौंमा मुख्य अफिस रहेर पोखरा शाखा सञ्चालन अनुमति पाएका २ कम्पनीमात्र छन् । अवैध तवरले सञ्चालनमा आएका त्यस्ता कम्पनीबारे उजुरी वा सूचनाको आधारमा पनि छानबिन गरिने श्रम कार्यालयले जनाएको छ ।









सामाजिक विकास तथा कृषि समितिको बैठक आज
सर्भर स्लो, राजस्व लक्ष्य टाढा
जीवनस्तर र राजनीतिको अन्तरसम्बन्ध
सम्पादकीय—भेनेजुयलामाथि साम्राज्यवादी आक्रमण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया