छाेरेपाटनमा द नारी फेसन

समाधान संवाददाता, पोखरा
पोखराका तीन जना व्यवसायीको संयुक्त लगानीमा पोखराको छोरेपाटनमा बराल बस्त्रालय एन्ड नारी फेसन सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायी राम बराल, राजु सुनार र बालकृष्ण घिमिरेको संयुक्त लगानीमा बराल बस्त्रालय एन्ड नारी फेसन सञ्चालनमा आएको हो ।
फेसनको शुभारम्भ कार्यक्रममा बोल्दै कपडा व्यवसायी एसोसिएसन कास्कीका उपाध्यक्ष एवं लायन्स क्लब अफ पोखरा राइजिङ स्टारका अध्यक्ष लेखनाथ पौडेलले सेवाको गुणस्तर र बजारीकरणमा जोड दिए । पोखराको पर्यटकीय स्थल गुप्तेश्वर गुफा र डेभिज फल्सनजिकै रहेको उक्त फेसनले ग्राहकको मन जित्नेमा उनले विश्वास व्यक्त गरे ।
कपडा व्यवसायी एसोसियसन कास्कीका सदस्य एवं लायन्स क्लब अफ पोखरा राइजिङ स्टारका प्रथम उपाध्यक्ष चोकबहादुर गुरुङले व्यवसायमा अनुभवी तीनैजनाले त्यसको सफल प्रयोगमा जोड दिए । युवाहरु विदेश जाने क्रम बढिरहेका बेला स्वदेशमै लामो समयदेखी व्यवसाय गरी थप विस्तार गर्न सफल भएकामा शुभकामना समेत दिए ।
व्यवसायीमध्ये राम बरालको छोरेपाटनमै बराल बस्त्रालय, राजु सुनारको एस एन्ड एस फेसन कलेक्सन बिरौटा र बाकृष्ण घिमिरेको ओउ फेसन कलेक्सन रत्नचोकमा सञ्चालनमा छ । झन्डै १५ लाखको लागतमा सयुंक्त रुपमा सञ्चालन गरिएको बराल बस्त्रालय एण्ड नारी फेसनमा लेडिज आइटमहरु उपलब्ध हुने उनीहरुले जनाएका छन् ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया