महतगौंडामा सेल्फी पुल

समाधान संवाददाता
पोखरा
सेती नदी पोखरेलीका लागि सौन्दर्य हो, कहिलेकाँही विपद्को मूल पनि हो । कतै निकै गहिरिएर, कतै उत्रिएर पोखरा उपत्यकामा लुकामारी गर्ने सेतीको खोंच पर्यटकका लागि आकर्षण बन्दै गएको छ ।
पोखरा १७ महतगौंडामा सेती नदिमाथि प्राकृतिक पुल छ । लाइट गाडीसम्म हिड्न मिल्ने आफैं बनेको पुलमुनि सेती नागबेली भएर बगेको छ । यो पुलसँग हालै झोलुंगे पुल बनाइएको छ । सीतापाइला झोलुंगे पुल निर्माण उपभोक्ता समिति अध्यक्ष प्रेम थापा यो पुललाई सेल्फी ब्रिज भन्छन् । उद्घाटन हुन भइनसक्दै यहाँ आएर सेतीको सोंच हेर्ने र प्राकृतिक पुल हर्नेको भीड लागेको छ । थापा भन्छन्, ‘दिनमै ४, ५ सय मान्छे आउँछन् । सेल्फी खिच्नेको भीड हुन्छ । यसलाई सेल्फी ब्रिज भन्नुपर्ला ।’
पुलबाट उत्तरतिर प्राकृतिक पुल छ । उत्तर र दक्षिण दृवैतिर सेतीको खोंच र हरिहरधाम मन्दिर छ । पोखरा १५ अमिलतरातिर १२ फिटको राष्ट्रिय झन्डासहित हरिहर भ्युटावर बनाउने तयारी भएको छ । यसका लागि मन्दिरले ५० हजार सहयोग गरेको छ । यसमा समाजसेवी यामकला थापाले १६ हजार थपेकी छन् । हरिहर भ्युटावरमा सुरक्षाका लागि सेफ्टी बेल्ट पनि राख्ने समितिको तयारी छ ।
पुलको संरक्षण र सञ्चालनका लागि झोलुंगे पुल संरक्षण समिति गठन भएको छ । १ वर्ष प्रचारप्रसारका लागि भ्युटावर निशुल्क चलाउने समितिले जनाएको छ । वरिपरिको क्षेत्रमा फूल, विरुवा रोपेर थप हरियाल बनाउने, सेती खोंचलाई परम्परागत आख्यानमा जोड्ने र १ वर्षपछि टिकटको व्यवस्था गर्ने अध्यक्ष थापाले बताए । ५६ मिटर लामो यो पुल २७ लाख ५२ हजार १ सय १९ रुपैयाँ लागतमा निर्माण भएको हो । गत चैत २५ गते सुरु भएको पुल निर्माण असार मसान्तमा सकिएको हो ।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया