छात्रवृत्तिमा कांग्रेस वडाध्यक्षहरुको असहमति

समाधान संवाददाता
पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरणप्रति नेपाली कांग्रेसका तर्फबाट निर्वाचित ११ जना वडाध्यक्षले असहमति प्रकट गरेका छन् ।
दलको नेता तथा सचेतक रामराज लामिछानेद्वारा जारी गरेको विज्ञप्तिमा पोखरा महानरगरपालिकाको शिक्षा नियमावली २०७४ र संस्थागत विद्यालय छनौट निर्देशिका विपरित छात्रवृत्ति वितरण प्रक्रिया एकलौटी, मनोमानी, नातावाद कृपावादबाट वितरण गरिएको भन्दै विरोध गरिएको छ । कांग्रेसको तर्फबाट वडा नं. २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
‘शिक्षा नियमावली २०७४ को छात्रवृत्ति सम्बन्धी व्यवस्थामा महानगर शिक्षा समितिले छात्रवृत्ति निर्धारण समितिमार्फत वडा शिक्षा समितिसँग समन्वय गरी लैंगिक समावेशिताको आधारमा गरिब विपन्न सीमान्तकृत, पिछडिएको वर्ग, लक्षित समुदायभित्रका विद्यार्थी र जेहेन्दार जस्ता आरक्षण बमोजिमको छात्रवृत्ति प्रदान गर्ने व्यवस्था छ,’ सचेतक लामिछानेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तर यी प्रावधानलाई मिचेर महानगर शिक्षा समितिले बेवास्ता गरी एकलौटी ढंगले विपन्न, सीमान्तकृत, पिछडिएको वर्ग लक्षित समुदायका वर्गलाई उपेक्षागरी आफ्नालाई मात्रै प्रथामिकतामा राखी वितरण गरिएको छात्रवृत्ति प्रति हाम्रो पूर्ण असहमति छ ।’
‘संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७५ मा नगर शिक्षा समितिका संयोजक नै छात्रवृत्ति छनोट समिति संयोजक रहने प्रावधान हुदाँहुदै हामीसँग कुनै सल्लाह नगरी एकलौटी ढंगले समिति बनाइएको छ त्यो नै गलत छ,’ सचेतक लामिछानेले भने, ‘महानगरका हरेक गतिविधिमा कांग्रेसका तर्फबाट निर्वाचित ११ जना वडा अध्यक्षहरुसँग कुनै सल्लाह नै नगरी दुईतिहाइको दम्भ देखाउने काम भएको छ, यसप्रति हाम्रो आपत्ति छ ।’ नियतवस वहुमतको मिचाई गरी छात्रवृत्ति वितरणको विरोध गर्दै तत्काल आवश्यक छानबिन गरी यसलाई सच्याउन माग गरिएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया