स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मोटरसाइकल र स्कुटर हस्तान्तरण

समाधान संवाददाता
पोखरा
चौंथो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेको छ । पोखरा नयाँबजारस्थित बतास सो रुममा आइतबार कार्यक्रम गरी प्रालि अध्यक्ष आनन्दराज बतासले पुरुषतर्फ वर्ष खेलाडी घोषित युकेश गुरुङलाई टिभिएस अपाचे मोटरसाइकल (१६० सिसी) र महिलातर्फ वर्ष खेलाडी घोषित फूल कन्ट्याक्ट कराँतेकी सुष्मी श्रेष्ठलाई विगो स्कुटर (११० सिसी) हस्तान्तरण गरेका हुन् ।
कार्यक्रम सञ्चालन गर्दै बतास ब्रदर्शका प्रबन्धक सन्तोष पोखरेलले मञ्चसँगको सहकार्य रहिरहने बताए । कार्यक्रममा मञ्च अध्यक्ष एकराज गिरी, उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपाल, कोषाध्यक्ष शशीकुमार पौडेल, सदस्य रोशन अधिकारी लगायतको उपस्थिति थियो ।
गत जेठ २४ मा पोखरा सभागृहमा भएको अवार्ड समारोहमा बक्सिङका चित्रबहादुर गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो । वर्ष चर्चित खेलाडी सुटिङकी श्रेया केसी घोषित भएकी थिइन् । उदियमान खेलाडी क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट प्रशिक्षक फूल कन्ट्याक्ट कराँतेका दीपक गोदारले उपाधि हात पारेका थिए ।
वर्ष उत्कृष्ट पत्रकार पुरस्कारबाट विनोद लामिछाने र वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला बास्केटबल संघ कास्की सम्मानित भएका थिए ।
यसैबीच मञ्चको ११ औं बैठकले अवार्ड समारोह सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया