कमलपोखरीमा आन्तरिक पर्यटक तान्न डुंगा सञ्चालन

समाधान संवाददाता
पोखरा
पोखरा, १३ स्थित कमलपोखरीमा नागपञ्चमीको अवसर पारेर सोमबार वृहत पूजाआजा भएको छ । मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले नाग पूजा गर्नुको साथै सोमबारै पोखरीमा डुंगा सञ्चालन उद्घाटन गरेका छन् ।
डब्लुडब्लु एफ र हरियो वनको सहयोगमा ४ लाख रुपैयाँ र कमलपोखरी संरक्षण समितिले ५० हजार लगानी गरेर डुंगा सञ्चालनमा आएको हो । २ जना चालकसहित १० चढ्न मिल्ने डुंगा सञ्चालनमा आएपछि कमल पोखरीमा आन्तरिक पर्यटक बढ्ने विस्वास लिइएको समिति अध्यक्ष चित्रबहादुर विकले बताए । समितिले हालका लागि १ घन्टाका लागि न्यूनतम ५० रुपैयाँ लिने व्यवस्था गरेको छ । सोमबार उद्घाटनको दिन भने भक्तजनका लागि डुंगा निशुल्क थियो ।
समितिका संस्थापक अध्यक्ष केशबहादुर विकको सभापतित्वमा भएको कार्यक्रममा कमलपोखरी आमा समूहकी अध्यक्ष हस्तीमाया विक लगायत स्थानीय चूडामणि विक, जंगबहादुर विक, तीलबहादुर विक, आमा समूह, युवा क्लबका प्रतिनिधि लगायत सहभागी थिए । कार्यक्रममा स्थानीय एवं शिक्षासेवी प्राध्यापक तारा बरालले स्वागत गर्दै कमलपोखरीको महत्वको बारेमा चर्चा गरे । रामसारमा सूचीकृत ९ तालमध्ये कमलपोखरी पनि परेको छ । कमल फूलले भरिपूर्ण भएकाले यसलाई कमलताल भनिएको हो । स्थानीयस्तरमा यसलाई बुडुवा तालको नामले चिनिन्छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया