भदाै १ गते देखि पाेखरामा ईटिकेटिङ लागु हुने, ओम बैंकद्धारा स्मार्ट कार्ड वितरण

समाधान संवाददाता, पाेखरा
ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको छ । पोखरा महानगरपालिकाद्वारा आगामी २०७६ भदौ १ गते देखी महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई टिकेटिङ लागु गर्न गइरहेको छ । यस प्रयोजनका लागी आवश्यक यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंकले गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।
पहिलो चरणमा पोखरा भित्रका स्कुल, कलेज अध्ययन गर्ने बिधार्थीहरु माझ वितरण सुरु गरिएको र लगत्तै पोखरा महानगर भित्रका सम्पूर्ण वडाहरु मार्फत सो कार्ड वितरण गरिने बताइएको छ ।
ओम डेभलपमेन्ट बैंकले प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने पोखरा महानगरपालिकाको अवधारणामा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।
यस परियोजना सञ्चालनका लागी पोखरा महानगरपालिका, ओम डेभलपमेन्ट बैंक, एनक्लाउड प्रा.लि र पोखरा बस व्यबसायी समितिका पदाधिकारीहरुको उपस्थितिमा यस अधि नै सम्झौता पत्रमा हस्ताक्षर भइसकेको प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।









हेड्स नेपालको विद्यार्थीलाई सहयोग
‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया