प्रदेशस्तरीय लाखे नाचमा छाङेली प्रथम

समाधान संवाददाता २०७६ भदौ २९ गते १५:२९
nfv] gfr bdf}nL, @* ebf} -/f;;_ M cl/b]j g]jf k'r ;]jf sf]ifn] tgx'Fsf] b'n]uf}8fdf cfof]hgf u/]sf] u08sL k|b]z:t/Lo nfv]gfr k|ltof]lutfdf ;xefuL . ;f] k|ltof]lutfdf bdf}nLsf] 5ªu]nL g]jf vn k|yd ePsf] lyof] . t:jL/ M s[i0f Gof}kfg

समाधान संवाददाता
दुलेगौंडा

तनहुँको दुलेगौंडामा पहिलो पटक आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय लाखे नाच प्रतियोगितामा छाङेली नेवा खल दमौली प्रथम भएको छ ।

उक्त समूहले नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । आँप पिपल नेवा समाज गोरखा द्वित्तीय, र बालगोपाल सेवा समिति पोखरा तृतीय भए । श्रीकृष्ण नेवा खल खैरेनीटारले सान्त्वना पायो । द्वित्तीय, तृतीय र सान्त्वनालाई क्रमश ः नगद २५ हजार, १५ हजार र ८ हजार रुपैयाँ प्रदान गरियो । अरिदेव नेवा पुच कोषसेवाको आयोजनामा भएको प्रतियोगितामा ३१ समूह सहभागी थिए । संस्कृतिकर्मी अष्टमान प्रधानांगको संयोजकत्वमा रहेको निर्णायक समितिले मूल्यांकन गरेको थियो ।

Advertisement

प्रतियोगितामा गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, गोरखा, पर्वत र बाग्लुङ जिल्लाका विभिन्न स्थानबाट सहभागी हुन आएका थिए । सहभागी सबै समूहलाई प्रोत्साहन स्वरुप ३ हजार रुपैयाँ प्रदान गरिएको छ । नेवार समुदायमा जन्माष्टमी वा गठेमंगलदेखि इन्द्रजात्रासम्म लाखे नाच्ने गरिन्छ । मल्ल राजाको समयदेखि लाखे नाचको सुरुआत गरिएको बताइन्छ । राक्षसको स्वरुपमा बनाइने खप्पर, कालिकाको बस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ ।

गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठले प्रतियोगिताले पछिल्ला पुस्ताहरुलाई लाखे नाचको महत्व जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । लाखे नाचको प्रचार प्रसार र संरक्षणको लागि प्रतियोगिता आयोजना गरेको अध्यक्ष खिमनारायण मल्लले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष शिवकुमार श्रेष्ठले नेवार समुदायको संस्कृति संरक्षणका लागि वडाबाट २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

Advertisement

कोषका सल्लाहकार श्यामकृष्ण मल्ल, निवर्तमान अध्यक्ष आनन्दसुन्दर श्रेष्ठ, प्रचार प्रसार समितिका संयोजक ज्ञाननारायण श्रेष्ठ लगायतले बोलेका थिए । प्रथम हुन सफल छाङेली नेवा खलका सचिव क्या. तारा मल्लले प्रतियोगितामा अनुशासनको महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । ‘हामीले बाजेबज्यैबाट सिकेका कुरा सिकाउने मौका सधैं मिल्दैन । यस्तै प्रतियोगिता र अवसरमा देखाउने हो,’ उनले थपे, ‘यसले संरक्षणसँगै प्रचारप्रसारमा टेवा पुग्नेछ ।’

तपाईको प्रतिक्रिया