‘स्थानीय स्रोत स्थानीयकै जिम्मामा हुनुपर्छ’

समाधान संवाददाता २०८१ वैशाख १९ गते १५:१५

पोखरा ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले वन पैदावारको अधिकार स्थानीय तहलाई दिनुुपर्ने बताएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) तथा संघिय, प्रदेश सरकारको जिम्मा रहने नियम खोरज गरी स्थानीयलाई हस्तान्तरण गर्नुपर्ने उनले माग गरेका छन् ।


सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशको आयोजनामा बुधबार भएको जलवायु वित्तमा सामुदायिक वन उपभोक्ता समुहको पुहँच र आगामी कार्यदिशा विषयक छलफल कार्यक्रममा ओझाले यस्तो बताएका हुन् ।


स्थानीयले प्राकृतिक स्रोतको उपभोग गर्नबाट वञ्चित हुँदा आयआर्जन गर्न नसकेको उनको ठम्याईं छ । ‘वन जंगलको जिम्मा स्थानीय सरकारलाई दिनुपर्छ । उपभोग गर्न पाएमा मात्र यसको संरक्षण र व्यवस्थापनमा उपभोक्ता अग्रसर हुन्छन्,’ उनले भने, ‘हामीले वन जंगलबाट आम्दानीमा गर्न सक्नुपर्छ, वनमा कुखुरा पालेर गुलेलीले हानेर मार्न पाउने भनेर पर्यटक आकर्षित गर्न सकिन्छ ।’

Advertisement


वन जंगल नाश हुँदै गएको तथा यसको सहि सदुपयोग हुन नसकेको प्रतिनिधि सभासदस्य दामोदर वैरागी पौडेलको गुनासो छ । सरकार र जनताको साझेदारीमा जडिबुटीको संरक्षण र उपभोग गर्नुपर्नेमा जोड उनले दिए ।


‘वज जंगल, चारकोसे झाडीका सम्बन्धमा बहस गर्न जरुरी छ । वृक्षरोपण गमलामा गर्ने चलन बढिरहेको छ जसले अक्सिजन सिलिन्डरमा, पानी बोटलमा भइसक्यो । वन जोगाउनुपर्छ नत्र पछि ठूलो समस्या निम्तिन सक्छ,’ पौडेलले चिन्ता प्रकट गरे ।

Advertisement


आधिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष जीवन विक्रम उच्चै, डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत राजेन्द्र प्रसाद शर्मा, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकीका सदस्य दिनेश श्रेष्ठ लगायतले विकास निर्माणका काम गर्दा वातावरण मैत्री एने बनाउनुपर्ने माग राखेका छन् ।


निस्क्रिय वनलाई सक्रिय बनाउने तथा सक्रिय वन उपभोग गर्न पाउनुपर्ने बताउँदै वन पैदावरको उपयोग गर्न पाएमा मात्र स्थानीयले यसको व्यवस्थापन र संरक्षण गर्ने उनीहरुको तर्क थियो ।

तपाईको प्रतिक्रिया