पत्रकार कोइरालालाई अमेरिकी फेलोसिप

समाधान संवाददाता २०७६ असोज १४ गते १९:५०

समाधान दैनिकका कार्यकारी सम्पादक भरत कोइरालाले अमेरिकी राजदूतावासको सहयोगमा सेयरकास्ट इनिसिएटिभले सञ्चालन गरेको फेलोसिप पाएका छन् ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले मंगलबार आयोजित समारोहमा उनलाई नगद ७० हजार र प्रमाणपत्र प्रदान गरे । कोइराला गण्डकी प्रदेशबाट छानिएका फेलो हुन् ।

Advertisement

विभिन्न चरणमा आयोजना गरिएको लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कार नागरिक दैनिककी चितवन संवाददाता सविता श्रेष्ठले पाइन् । उनले २ लाख रुपैयाँ पाएकी छन् । स्थानीय तहमा कानुन बनाउन भइरहेको सकससम्बन्धी उनको आलेख सर्वाेत्कृष्ट ठहरिएको हो ।

प्रदेश १ बाट प्रेमबहादुर कार्कीढोली, २ बाट सुरेश विडारी, प्रदेश ३ बाट सबिता श्रेष्ठ, प्रदेश ५ बाट शंकरप्रसाद खनाल, कर्णालीबाट चाँदनी कठायत, प्रदेश ७ बाट निर्मला कठायत उत्कृष्ट भएका छन् । समाधानका कार्यकारी सम्पादक कोइराला र उनीहरुले पनि जनही ७०÷७० हजार रुपैयाँ पाएका छन् ।

Advertisement

सेयरकास्टले देशका सातै प्रदेशका ८ मुख्य सहरमा खोज पत्रकारिता रिपोर्टिङ प्रतिश्पर्धा आयोजना गरेको थियो । २ सय ८७ पत्रकारमध्येबाट विभिन्न चरणमा सहभागी भएर २४ जनाले पहिलो चरणमा जनही ३० हजार फेलोसिप पाएका थिए ।

तपाईको प्रतिक्रिया