पोखरामा बुधबार आँखादान कार्यक्रम हुँदै
समाधान संवाददाता
२०७६ कार्तिक २६ गते १२:५६

समाधान संवाददाता, पोखरा
पोखरामा आँखादान कार्यक्रम हुने भएको छ । मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिनेछ । बुधबार बिहान साइमन पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
‘मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो,’ पौडेलले भने, ‘बुधबारसम्म ५० जनाले आँखादान प्रतिबद्धता गरेका छन् ।’ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कार्यक्रम हुने सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिए ।
सम्बन्धित






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया