भीरकोटका सबै सामुदायीक विद्यालयमा दिवा खाजाकाे व्यवस्था

समाधान संवाददाता २०७६ मंसिर ३ गते १५:५७

शरण महत
भीरकोट

Advertisement

भीरकोट नगरपालिकाले आफ्नो नगर लाई आउदो चैत्र मसान्तर भित्र वालमैत्री नगर घोषणा गर्नको लागी आवश्यक सुचकहरु पूर्ण गर्नको लागी नगरपालिका भित्र रहेका वाड,टोल र विद्यालयहरुमा विभिन्न कार्यक्रमहरु संचालन गरीरहेको छ ।

यसै विचमा नगरपालिका र यस नगर भित्र संचालन मा रहेका सवै सामुदायीक विद्यालयको सहकार्यमा यही मंसिर १ गते देखी वालवालिकाको स्वास्थ्य लाई ख्याल राखी ४२ वाल विकास कक्षाका ५५४ विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरीएको भीरकोट शिक्षा शाखाका प्रमुख हेम प्रसाद आर्चाले वताए ।

Advertisement

हाल सम्म नगर भित्रका सवै वाल विकास केन्द्रहरुले दिवा खाजाको व्यवस्था नगर्दा वालवालिकाहरुको विद्यालयमा नियमित उपस्थितीमा कमी आउनुका साथै स्वास्थ्यमा समेत प्रतिकुल अवस्था देखीएकाले उल्लेखित दुवै पक्षमा सकारात्मक परिर्वतन आउने आशा लिइएको छ ।

तपाईको प्रतिक्रिया