मुस्ताङमा प्राधिकरण दिवसमा मनोरञ्जनात्मक कार्यक्रम

समाधान संवाददाता
जोमसोम
डिसेम्बर ३१ तारिख अर्थात नेपाल नागरिक उड्डयन न प्र्राधिकरण स्थापनाको २१ औं वार्षिकोत्सव मुस्ताङको जोमसोममा विविध कार्यक्रम गरी मनाइएको छ । जोमसोम नागरिक उड्डयन कार्यालयले मनोरञ्जनात्मक खेल र अन्तक्र्रिया आयोजना गर्यो ।
जोमसोममा पहिलो पटक संस्थागत रुपमा दिवस मनाइएको हो । विमानस्थलको धावनमार्गमै खेलहरु सञ्चालन गरियो । म्युजिक चियर, घैटो फुटाउने र दौड प्रतियोगिता भएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । हवाइ सेवामार्फत मुस्ताङ जाने पर्यटक, पर्यटन व्यवसायी, कर्मचारी र जनप्रतिनिधिले खेलमा उत्साहपूर्वक सहभागिता जनाए ।
समापन समारोहमा जिल्ला समन्वय समिति मुस्ताङ प्रमुख जिरिङ ल्हामो गुरुङले हवाइ सेवा जनमैत्री हुनुपर्नेमा जोड दिइन् । घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादर थकालीले कर्मचारी, जनता र जनप्रतिनिधिको सम्बन्ध विस्तारमा यस्ता कार्यक्रम फलदायी हुने बताए । प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले हवाइ सेवालाई सुरक्षित, भरपर्दो र विश्वनीय बनाउन यस्ता कार्यक्रमले सघाउने विचार राखे ।
जोमसोम नागरिक उड्ड्यन कार्यालय प्रमुख दीपक विकले भिजिट नेपाल २०२० लाई सफल तुल्याउन कार्यालय कटिबद्ध रहेको बताए । उनले नागरिक उड्डयन कार्यालयले पर्यटन वर्ष सफल पार्न स्थानीय जनप्रतिनिधि र सरकारी निकायसँग समन्वय गर्ने प्रतिबद्धतासमेत गरे । जामसोम विमानस्थल हिमाली क्षेत्रकै समृद्ध विमानस्थल भएको दावी गर्दै उनले यहाँ अग्नि नियन्त्रण गर्ने वारुण यन्त्र आएको जानकारी दिए ।









आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
पोखरा महानगरको कृषि र व्यवसाय प्रवर्द्धन कार्यालय सभागृहमा सर्यो
सुजल डेरीले ल्यायो ‘डिलाइट डेरी प्राइड’ मिल्क पाउडर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया