शाही भूमिकाबाट हट्ने राजकुमार ह्यारी र मेगनको घोषणा

एजेन्सी
ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले एक विज्ञप्ति जारी गर्दै शाही भुमिकाबाट आफूलाई अलग राख्ने घोषणा गरेका छन्।
बुधबार भएको घोषणामा उनीहरुले आफ्नो अबको बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने पनि बताए।
श्राेतका अनुसार राजकुमार ह्यारी र मेगनले यस निर्णय लिनुपूर्व बेलायती महारानी वा राजकुमार विलियमसँग कुनै सल्लाह नगरेको र उनीहरुको यस निर्णयबाट बकिङहम दरबारमा निराशा छाएको छ।
‘हामी शाही परिवारको उच्च भूमिकाबाट पछाडि हट्न चाहन्छौं र आर्थिकरुपमा आत्मनिर्भर हुन काम गर्नेछौं, यसक्रममा महारानीलाई हाम्रो पूर्ण समर्थन जारी रहनेछ’, जारी वक्तव्यमा भनिएको छ।
बेलायत र उत्तरी अमेरिकाबीचमा सन्तुलित समय छुट्याउने योजनामा रहेको उनीहरूले जनाएका छन्। यसक्रममा उनीहरूले महारानी, कमनवेल्थ र आफ्ना संरक्षकप्रतिको कर्तव्य जारी राख्नेछन्।
‘यो भौगोलिक सन्तुलनले हाम्रो छोरालाई शाही परम्पराप्रति कृतज्ञ हुँदै हुर्किन सक्षम बनाउने छ। योसँगै यसले हाम्रो परिवारलाई अर्को अध्यायमा ध्यान केन्द्रित गर्ने ठाउँ दिनेछ जसमा हाम्रो नयाँ परोपकारी संस्थाको सुरुवात पनि पर्छ।’







प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
अर्जुनचौपारी पोखरा समाजको अध्यक्षमा काफ्ले निर्वाचित
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया