महानगरले मनायो पृथ्वी जयन्ती

समाधान संवाददाता २०७६ पुष २८ गते १२:५०

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिकाले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाएको छ । महागनरपालिकाले शाहको शालिकमा मल्यार्पणसहित शाहको योगदानको परिचर्चा गरिएको हो ।

पोखरा १८ मा रहेको सहिद तथा विभूति पार्कमा रहेको पृथ्वीनारायणको सालिकमा प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा, वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बराल, महानगरका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी लगायतले माल्र्यापण गरे ।

Advertisement

महानगरले निर्माण गरेको पार्कमा शाहको ६ फिट ३ इन्चको अग्लो पूर्ण कदको सालिक राखिएको छ । प्रमुख जिसीले शाहको योगदान भुल्न नहुने बताए । उनले नेपाल एकीकरण अभियानमा शाहले खेलेको भूमिकाको प्रशंसा गरे । मेयर जिसीले देशका लागि विभिन्न क्षेत्रबाट योगदान पु¥याएका शाहसहितका विभूतिको सम्मानमा राष्ट्रिय सहिद तथा विभूति पार्क निर्माणा गरिएको बताए ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले इतिहासलाई सम्झदै राम्रा काम गर्नेहरुको सम्मान हुने बताइन् । विस १७७९ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहले बाइसे, चौबिसे राज्यलाई विशाल नेपालमा एकीकृत गर्ने प्रयास थालनी गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया