टाइगर ग्रुपद्वारा शैक्षिक सामग्री वितरण

समाधान संवाददाता २०७६ फागुन १ गते १५:५५

समाधान संवाददाता, पोखरा

नेपाल टाइगर ग्रुप कास्कीले अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ स्थित बाँकोट आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालय व्यवस्थापन पक्षले माग गरेअनुसार नै शैक्षिक र खेल सामग्री वितरण गरिएको नेपाल टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

ग्रुपका महासचिव प्रकाश बरालका अनुसार विद्यालयका सबै ७५ जना विद्यार्थीका कापी कलमसहित विद्यालयका लागि आवश्यक भलिबल, नेटसहितका खेल सामग्री वितरण गरिएको हो । अध्यापन गराउन आवश्यक पर्ने शैक्षिक सामग्रीका अतिरिक्त शिक्षकका लागि पनि कलम र डायरी वितरण गरिएको थियो ।

Advertisement

विद्यालय प्राङ्गणमै आयोजित समारोहका बीच नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले विद्यालयका प्रधानाध्यापक महेश न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर कुँवरलाई ती शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया