रेडिमेड मःम घरघरमा

समाधान संवाददाता २०७६ फागुन १६ गते १३:३९

जमुना वर्षा शर्मा
पोखरा

पोेखरामा पछिल्लो समय विभिन्न संघ, संस्था महानगर लगायतले महिलालाई उद्यमी बनाउन विभिन्न तालिम सञ्चालन गरिरहेका छन् । यस अभियानले महिलालाई धेरै थोरै आयआर्जनमा जोड्न प्रेरित गरेको छ । यसैका परिणति हुन् पोखरा महानगरपालिका वडा नं ३० का पुष्पा गर्बुजा र मिनु पुन ।

लेखनाथ उद्योग वाणिज्य संघले केही समयअघि प्रदान गरेको उद्यमशीलतासम्बन्धी उत्प्रेरणामूलक तालिममा सहभागी भएका पुष्पा र मिनुले तालिमपछि सीपलाई आयआर्जनमा उर्तान व्यवसायिक यात्रा सुरु गरेका हुन् । पुष्पा र मिनुले आफ्नै निवासमा दिदिबहिनी मःम उत्पादन केन्द्र खेलेका छन् । ‘हामीसँग मःम बनाउने सीप थियो, त्यही सीपलाई आर्थिक उपार्जनमा जोड्नुपर्छ भनेर मःम उत्पादन गर्ने सोच बनायौं,’ पुष्पाले भनिन्, ‘यो सुरुआत हो हामीले बजारको मागलाई बुझ्दै सोही अनुरुपको उत्पादनलाई जोड दिनेछौं ।’

Advertisement

उनले आइसमा राखेको मःम हप्ता दिनसम्म प्रयोग गर्न सकिने बताइन् । ‘अहिले बफ र चिकेन मःम तयार गरेका छौं । अर्डर अनुसार घरघरमा पुर्‍याउने व्यवस्था गरेका छौं, बजारको माग कस्तो आउँछ, सोहि अनुरुप भेज मःम पनि बनाउन सकिन्छ ।’

उनीहरुले बफ मःम ५० रुपैयाँ र चिकेन मम ६० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । घरमा मम बनाउन झन्झटिलो हुने र सानो परिवारले खाजाको रुपमा खान छिटो, छरिटो हुने भएकाले यो रेडिमेट मः म उपयुक्त हुने अर्का सञ्चालक मिनुले बताइन् । त्यसो त अर्डर अनुसार जति पनि मःम तयार गर्न सकिने उनको भनाइ छ । तयारी मःम १५ मिनेट स्टिम गरेपछि खानका लागि तयार हुन्छ ।

Advertisement

सुरुआतकै मःमको माग राम्रो आउन थालेकाले यसलाई दिदीबहिनी मःम उद्योगकको रुपमा घरेलुमा दर्ता गरेर अघि बढ्ने सोच उनीहरुले बताएका छन् । इन्डियन आर्मीका श्रीमती पुष्पा र मिनुले सधै श्रीमान्को कमाइमा मात्र बस्नुभन्दा आफ्नो सीपलाइ अर्थमा रुपान्तरण गरे थप आर्थिक व्ययभार व्यवस्थापन गर्न सकिने उल्लेख गरने । ‘सुरुमा श्रीमानको कमाइ छ, लाउन खाने पुगेकै छ भन्ने लाग्थ्यो, जब लेखनाथ नगरपालिकाले उद्यमशीलतासम्बन्धी उत्प्रेरणामूलक तालिम दियो, अनि हात बाँधेर बस्नु हुँदैन रहेछ भन्ने थाहा भयो,’ पुष्पाले भनिन् ।

अर्का सञ्चालक मिनुले पढेको छैन, लगानी गर्ने पैसा छैन, केही काम गर्न जान्दिनँ भन्ने महिलालाई समेटेर रोजगार प्रदान गर्ने उद्योगको रुपमा विकास गर्ने सोच अनुरुप आफूहरु अघि बढेको बताइन् । प्रतिष्पर्धात्मक सामाजिक प्रणलीमा जानको लागि आफ्नो सीप कलालाई गुणत्मकता दिदै बजारीकरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष महिला उद्यमी जानुका पराजुलीले संघले उद्यमशीलतासम्बन्धी उत्प्रेरणा र सीपमूलक तालिम प्रदान गर्दै महिलालाई आर्थिक निर्भरता तर्फ उन्मुख बनाएको बताइन् ।

तपाईको प्रतिक्रिया