बिच भलिबल कोर्ट अलपत्र

सुरेश अधिकारी
पोखरा
गत मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बिच भलिबल प्रतियोगिताका लागि वाराही घाटमा खेल मैदान बन्यो । ५ रोपनी क्षेत्रफलमा बाराही घाटनजिकै ४ खेल मैदान तयार पारिएको थियो । बिच भलिबलका लागि भौतिक संरचना निर्माण गर्न ५२ लाख रुपैयाँ साग आयोजक समितिबाट छुट्ट्याइएको थियो ।
यो योजना अनुसार कोट निर्माण भएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली बताउँछन् । ५ हजार ५ सय घनमिटर माटो, बालुवा लगायत प्रयोग गरी फेवाताल किनारमा बिच भलिबल कोट तयार भएको थियो । फेवातालको माथिल्लो भागको माटो र तनहुँ, पोखरा विभिन्न ठाउँबाट संकलन गरिएको बालुवा कोटमा प्रयोग भएको छ । पोखरालाई खेल पर्यटनको सहरका रुपमा विकास गर्ने चर्चा बेला बेलामा भइरहन्छ । खेल पर्यटनका लागि बिच भलिबलको भूमिका महत्वपूर्ण हुने र ती कोट संरक्षण गर्नुपर्ने पराजुली बताउँछन् ।
श्रीलंका, बंगलादेश, भारत, अस्ट्रेलिया, अमेरिका, जापान, चीन लगायतका देशमा बिच भलिबल खेलिन्छ । पानी पर्दा कोटकोे पूर्व भागबाट माटो बगेर कोटमा जाने हुनाले बेलैमा यसको संरक्षणका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने पराजुलीले औंल्याए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राजेश गुरुङले बिच भलिबल कोट निर्माणका लािग ६० लाख रुपैयाँभन्दा बढी खर्च भएको सुनाए । उनले संरक्षणको विषयमा नेपाल ट्रस्ट, खेलसँग सम्बन्धित संस्था र पर्यटन व्यवसायीले छलफल गरी उपाय निकाल्नुपर्ने विचार राखे । निर्माणसँगै संरक्षणको खाँचो रहेको र यस खेलबाट पर्यटन व्यवसायीलाई फाइदा हुने उनको भनाइ छ ।
पश्मिाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बिच भलिब कोट केही दिनअघि राष्ट्रिय खेलकुद विकास समितिका सदस्य सचिव रमेश सिलवालले निरीक्षण गरेको बताए । उनले सिलवालसँग खेलकुदको संस्थाले नै संरक्षण गरेर भोगचलन गर्ने कुरा भएको जानकारी दिए । योगीका अनुसार अहिलेसम्म कसले यसको संरक्षण गर्ने भन्ने यकीन भइसकेको छैन ।
ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) पोखरा अध्यक्ष हरि भुजेलले बिच भलिबल कोट संरक्षणको खाँचो औंल्याए । उनले संरक्षणको जिम्मा दिए पर्यटन व्यवसायी र लेकसाइडका क्लब तथा स्थानीय संघ, संस्थाले जिम्मा लिने बताए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया