१८ औं आहा रारा गोल्डकप भोलिदेखि

समाधान संवाददाता २०७६ फागुन २१ गते १३:०५

समाधान संवाददाता
पोखरा

सहारा क्लबले आयोजना गरेको १८ औं संस्करणको आहा रारा गोल्डकपको तयारी पूरा भएको छ । प्रतियोगितामा आयोजक, ए डिभिजन क्लब र विदेशी क्लबसहित १० टिम सहभागी हुनेछन् । आयोजक सहारा क्लब, झापा ११, ए डिभिजन क्लबहरु रुसलान थ्री स्टार, नेपाल आयल निगम मनाङ मस्र्याङ्दी, बिग्रेड ब्वाइज क्लब, संकटा क्लब तथा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ र नेपाल पुलिस र भारतको गान्टोक सिटी फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजारसहित मेडल प्रमाणपत्र ट्रफी पाउने छन् ।

१ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी र ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट बचत हुने रकम क्लबले सञ्चालन गरेको एकेडेमीका लागि खर्च गर्नेछ । एकेडमीमा १४ जिल्लाका २४ जना बालक आश्रित छन् ।

Advertisement

क्लबले वर्षेनि प्रदान गर्दै आएको ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६ बाट नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य सुजल श्रेष्ठलाई सम्मान गरिने भएको छ । फुटबल खेलको विकासमा योगदान पु¥याउने खेलाडीमध्ये १ खेलाडीलाई क्लबले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ । उनले ३५ हजार, सम्मानपत्र र दोसल्ला प्राप्त गर्नेछन् ।

फागुन २२ गतेदेखि पोखरा रंगशाला निमार्णाधीन फुटबल मैदानमा १८ औं संस्करणको फुटबल प्रतियोगिता सुरु हँुदै छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र बिग्रेड ब्वाइज क्लबबीच हुनेछ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै क्लबका अध्यक्ष केशवबहादुर थापाले प्रतियोगिताबाट उठेको रकम एकेडेमी सञ्चालनमा खर्च गर्ने बताए । यसैबीच सांसद सूर्यबहादुर केसीले राज्यले अझै पनि खेलकुदको विकास उचित ढंगले गर्न नसकेको बताए ।

Advertisement

प्रतियोगिताको प्रिक्वाटर फाइनल खेल अवलोकनका लागि १ सय, क्वाटर फाइनल खेलका लागि १ सय ५०, सेमिफाइनल खेलका लागि २ सय र फाइनल खेलका लागि २ सय ५० रुपैयाँको टिकट काट्नुपर्ने छ । प्रतियोगिता अवधि र सिजनल टिकटका लागि १ हजार ५ सय रुपैयाँको टिकट काट्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर दर्शकलाई सजिलो र भडि कम गर्न पोखरा रंगशालाका ६ वटै गेट खुला गरिने छ ।

तपाईको प्रतिक्रिया