भूमिहीनका समस्या समाधान गर्न माग

राजन उपाध्याय
दुलेगौंडा
शुक्लागण्डकी नगरपालिकामा रहेका अव्यवस्थित बसोबासीका माग सम्बोधनमा ढिलाइ भएको भन्दै यस क्षेत्रका जनप्रतिनिधिले मन्त्रालयलको ध्यानाकर्षण गराएका छन् । पुर्जा दिलाउन दिएको १ वर्षको म्यादमा सकिन लाग्दासमेत काम खासै हुन नसकेपछि जनप्रतिनिधि, पार्टी प्रतिनिधि र शुक्लागण्डकी नागरिक समाजको टोलीले शुक्रबार राजधानी गएर ध्यानाकर्षण गराएको हो ।
कतिपय ठाउँमा नीतिगत रुपमा स्पष्ट हुनुपर्ने देखिएपछि फागुन १२ गते बसेको समितिको पाचौं बैठकले समस्या फुकाउन मन्त्रालयमा पत्रचार गर्ने निर्णय भए अनुसार पत्राचार भएको थियो । तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अध्यक्षतामा बसेको बैठकले कानुनी तथा नीतिगत स्पष्टता, समितिको म्याद थप गर्ने लगायतका विषयमा मन्त्रालयमा पत्राचार गरेको थियो । राजपत्रमा उल्लेख भए अनुसार घर बनाएर बसेकालाई बढीमा डेढ रोपनीको मात्र पुर्जा दिलाउने उल्लेख छ ।
‘हामीले आयोगमा भएका निर्णयबारे भूमि सुधार मन्त्रालयका सहसचिव चन्द्रकला पौडेललाई १ प्रति हस्तान्तरण ग¥यौं,’ वडा नं. ७ का अध्यक्ष रामबहादुर क्षेत्री थापाले भने, ‘१ हप्ताभित्र समस्या समाधानका लागि ड्राफ्ट तयार गर्ने सहसचिव पौडेलले प्रतिवद्धता जनाएका छन् ।’ नगरका ४ वडाबाट पुर्जाका लागि १ हजार ९ सय ३ जनाले निवेदन दिएका छन् । सोही अवसरमा साथै उनले वडाको भवन निर्माणका लागि खैरेनीटारमा रहेको ग्रामीण विकास प्रतिष्ठानको नामको केही जग्गा उपलब्ध गराइदिन माग गरेको जानकारी दिए । प्रतिष्ठानको नाममा करिब १ सय ३० रोपनी जग्गा छ ।
वडा नंं. ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले नगरपालिकामा रहेको एकमात्र राष्ट्रिय अस्पताल जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई प्रभावकारी बनाउने विषयमा समेत स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको बताए । यस अस्पताललाई व्यवस्थित र स्तरोन्नतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सकरात्मक रहेको रेग्मीले सुनाए । यस क्षेत्रका संघीय सांसद केदार सिग्देलको नेतृत्वमा गएको टोलीमा मेयर किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल, वडाध्यक्ष, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल लगायत सहभागी थिए ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया