एउटी बघिनीको कथा

समाधान संवाददाता २०७७ वैशाख ६ गते १४:१०

गोकर्ण देवकोटा

Advertisement

हाम्रो बासस्थान बरण्डाभार जंगलको बीचौ भागमा थियो । म सानै थिएँ, करिब १९–२० महिनाको । मेरा २ बहिनी र २ भाइकी जेठी सन्तान म । आमाको दैनिकी बिहानै हामीलाई थोरै दूध चुसाउने, घाममा खेलाउने अनि घुम्न जाने । ५–७ दिनमा केहीको शिकार गरी रगत लत्पतिएको रातो मुख सहित आउनुहुन्थ्यो ।

हामी आमाको मुख चाट्न, ढाडमा चड्न, कोपार्न थाल्थ्यौं । आमा बडो प्रेमले अंकमाल गर्दै हामीलाई गर्जीन सिकाउनुहुन्थ्यो । उहाँ हामीलाई टोकेको, कोपरेको नाटक गर्नुहुन्थ्यो र सिकारलाई कसरी हान्ने, कसरी एक्ल्याउने, कसरी झम्टने, कसरी खेद्ने, कसरी नङ्ग्राले समाउने, कहाँमुख गाड्ने सिकाउनुहुन्थ्यो ।

Advertisement

हामी आमा घुम्न गएकोे बेलामा त्यही अभ्यास दोहोर्‍याउँदै खेल्दै सिक्दै रमाएर बस्द्थ्याै‌ँ । आमाको कडा अर्ति थियो ‘अर्को कुनै पुरुष बाघ देखा परे, गन्ध थाहा पाए वा गर्जन सुने सुटुक्क लुकिहाल्ने ।’

हामी त यतिसम्म अभ्यस्त थियौं कि आमाले नै गर्जीएको सुने पनि पुरुष बाघ सम्झिएर लुक्न जान्थ्यौ अनि आमा खुसी हुँदै हामीलाई सम्हाल्न आइपुग्नु हुन्थ्यो ।

Advertisement

साँझमा सधैं फर्किने आमा एक दिनमै फर्कनु भयो । आमाको मुखमा र गत थिएन तर अनुहार उज्यालो थियो । आमाको पछाडि अजंगको पुरुष बाघथियो । आमा त्यसलाई रोक्दै हुनुहुन्थ्यो तर त्यो बेतोडसँग हामीतर्फ अघि बढ्यो ।

हामी आमाले अभ्यस्त बनाएको कलालाई आत्मसाथ गर्दै लुक्न सफल भयौं । त्यस दिनदेखि हाम्री आमा ‘आमा’ रहिनन् । त्यो नयाँ बाउसँग पोइला गइछन् । बाउले नयाँ श्रीमती अनि आमाले नयाँ बाउ ।

आमाको साथमा हुँदैमा हामीले मिलेर २–४ वटा शिकार गर्न सफल भइसकेका थियाैं । हामीले गर्भिणी शिकार छाड्ने, रोगी, बच्चा, दुब्लो शिकारमा आँखा नलगाउने अनुशासन सिकिसकेका थियौं ।

सकेसम्म रातमा शिकार नगर्ने, शिकार गरेपछि आराम गर्ने, शिकारलाई हिफाजतसँग सुरक्षित ठाउँमा लुकाउने, मान्छेको हिडडुल हुने समय र स्थानमा नजाने जस्ता नियमहरुमा हामी अभ्यस्त थियौं।

हामीले दोस्रो दिन नै एउटा पुन्टे रतुवाको शिकार ग¥यौं । त्यो हामी ५ जनालाई पुग्दो थियो । वयस्क, फुर्तिलो, अनि प्रसस्त रगतभएको । मैले र ठूलो भाइले धेरै मिहिनेत ग¥याैं त्यसलाई पक्रन ।

मैले पछाडिबाट लखेटें, भाइले अगाडि बाटो छेक्यो । माइलीले त्यही बेलामा काँधमा चडी अनि अर्को भाइले टाउको समाती पछा¥यो । आहा ! क्या मजासँग उफ्रिएको थियो एकछिन् । तर हाम्रो योजना र बलसँग त्यसको केही खुबी चलेन ।

रतुवामा छट्पटावट भयो, हाम्रो व्यग्र खुशी बढ्न थाल्यो । हामीले बासस्थान छाडिदियौं । फिरन्ते हुनथाल्यौं । दिनबित्दै गयो । २–३ महिना भित्रमा मलाई बहिनीहरु मन पर्न छाडेका थिए । भाइहरु भने मन पर्दथे ।

शिकार गर्ने बेलामापहिला जस्तो सामूहिक प्रयास हुन छाडेको थियो । भाइहरुको शरीरबाट अचम्मको गन्ध निस्कन थालेको थियो । मलाई त्यसले क्रमशःआकर्षित गर्न थालेको थियो ।

मनबिस्तारै लजालु, ईश्यालु एवं मतलबी बन्न थालेको आभास हुँदै थियो । मैले मेरी आमाले छाडेर जाने बेलामा जस्तो नक्कल गर्न थालेकी थिएँ । शायद ममा वैंश चडिरहेको थियो ।

मैले भाइबहिनीबाट छुट्टिने निधो गरें । एक दिन त धितमरुन्जेल झगडा प¥यो हाम्रो । एउटी बहिनीको कान र अर्की बहिनीको ढाडमा टोकिदिएँ । २ वटै भाइहरुलाई चिथोरि दिएँ ।

मलाई पनि नाक, कान र ढाडमा भाइबहिनीले प्रहार गरे । हामीबीच झगडा गर्दागर्दै मौन सहमती बन्यो । अब छुट्टिने । म आफ्नो बाटो पूर्वतर्फ लागें । बुढी खेलामा एक छिन डुबुल्की मारें । बाहिर निस्किएँ। घाउ बेस्सरी दुख्यो ।

फेरि पानी मै छिरे । घाउ शान्त बनाएँ । सूर्य पश्चिमतर्फ ढल्कदै थियो म पूर्वतर्फ अगाडि बढिरहे । सौराहाको दक्षिण तर्फको राप्तीको किनारमा काँसको छायाँमा लुक्दै हिडिरहेँ । थोरै अगाडि धेरै बत्ती, कोलाहल, गाडी, ठूला हात्ती छरपष्ट देखिन थाले । मेरो लागि नौलो, डर लाग्दो वातावरण थियो ।

मेरो जीवनखतरामा परेजस्तो लाग्थ्यो । गर्जीन मन लागेको थियो । तर गर्जीन । बरु सुटुक्क हिड्ने दिशाबदले र दक्षिण तर्फ लागें । त्यस दिन चुरेको फेदिमा सुते । भाइबहिनीसँग छुट्टिएको आभासले होला निन्द्रा लागेन ।

नजिकैको पदमको रुखमा उफ्रिएर नङ्ग्राबजारे । नङ्गबाट थोरै रगत निस्कियो, मनमा आनन्द । बिहान उज्यालो नहुँदै फेदिमा पानी खाएँ । फाँटतिर टहल्न निस्किए । ठूलाठूला भैंसी, मभन्दा ठूला मृग ओ….. ।

म भित्रभित्रै एउटालाई मार्ने योजना बनाउन लागें । चर्ने ठाउँ नियालें लखट्ने ठाउँ चुने, अनि आक्रमणमा गर्ने ठाउँ निस्चित गरें । म एकल आक्रमणको विस्तृत योजनालाई पटक–पटक विस्तृतिकरण सामान्यीकरण गर्दै मनमा खेलाइरहें ।

मेरो जीवनको पहिलो एकल आक्रमण । म दृढ थिएँ । भोलिपल्ट बिहानै योजना कार्यान्वयनमा लागें । शरिर तन्काए । मुखलाई धेरै पल्ट बाइरहें । नंग्राहरु चेक गरे । शरीरमा तापक्रम बढ्न थाल्यो । म अगाडि बढें ।

पदमपुरको बिचौ भाग ! अघिल्लो दिन नै वयस्क, फुर्तिलो अनि स्वस्थ मृग छानिसकेको थिए । उसँग मेरो शिकार प्रेम बसिसकेको थियो । मनमनै त्यसको तातो रगत सम्झिएर मेरो घाटीमा थुकको चलहपहल बढिरहेकै थियो । त्यसको गर्धनमा डाम्न मेरा हात आतुर थिए ।

त्यसको ढाडमा हिर्काउन मेरा पञ्जा तयार थिए । जुरुक्क बोकेर दौडिन खुट्टाहरु दह्रो बनेका थिए । मैले दक्षिण तर्फबाट आफ्नो उपस्थितिको जनाउदिए । मृगको बथानमा खैलाबैला मच्चियो । म छिटोछिटो लुक्दै आक्रमण गर्ने स्थानमापुगें ।

घोलको पश्चिमीकिनार । मेरो शिकार मृग घोल कट्न उफ्रियो, म त्यसलाई समात्न । मेरो निशान र वेग सहीभयो । मेरो अगाडिको दुवै पञ्जागर्धनमाबज्रिए, अनि मेरो मुख घाटीमा । दुवैको एक छिन युद्ध भयो । तर मेरो तिखा नङ्ग्राले गर्धन छाडेनन् दाँतले घाटी । मैले लडाई जिते त्यसले मृत्यु ।

मैले अघाउन्जेल त्यसको प्रमुख अंगको स्वाद चाखे अनि त्यसलाई सुरक्षित कुनामा लुकाई घाममा आनन्दसँग सुतें । मलाई एक हप्तालाई त्यसलेपुग्यो । छैटौ दिन मेरो नजिक एक पुरुष बाघ आउँदै गरेको देखें ।

त्यसलाई देखेपछि मलाई शिकार लुकाउन मन लागेन न म आफैलाई लुक्न मन लागे । टाढैबाट उ गर्जीयो । म पनिगर्जीए । वयस्क, पोटिलो अजंगको, वलिष्ट । मेरो गर्जनलाई त्यसले स्वीकृतिमानेछ । नजिकै आयो । म लजाएँ । पुनःगर्जीएँ ।

एक छिन देखादेख ग¥यौ । मलाई त्यसको गन्धले मोहितपारेको थियो । मैले आमाले सँगै लिएर आएको मेरो नयाँबाउको अनुहार सम्झिए दुरुस्त । त्यस बेला मलाई मार्न तम्सिएको थियो अहिले प्रेम गर्न ।

म गर्भिणी भएछु । बसाई चुरेको फेदिमै थियो । मेरो मनमा एक पटक महिनौ दिन पहिलेको कोलाहल नियाल्ने, मान्छेको हुल हेर्ने रहर लाग्यो । उत्तर तर्फ लागें । सौराहा किनार शान्तथियो, कुनै गाडी नकुदेका, कुनै बत्ती नबलेका, कुनै बाजान बजेका शान्त । मेरो जंगल जस्तै ।

२–४ जनामानिस एक्लाएक्लै हिडिरहेका थिए । मुखमा सेतो पर्दालगाई । मलाई आजयही छेउमा बस्न मन लाग्यो पुरानो डरलाई भगाउन । अहँ भोलिपल्ट पनि मानिस र कोलाहल हुल बनाएर मेरा बासस्थानतिर आएनन् । सायद घरभित्र थुनिएका होलान् र त म निस्फ्रिक्री डुलिरेको छु पेटको बच्चा हुर्काउँदै ।

तपाईको प्रतिक्रिया