तितेपातीबाटै स्यानिटाइजर, नेपाली वैज्ञानिकको उपलब्धि

समाधान संवाददाता २०७७ वैशाख ९ गते १२:५५

रासस,रामपुर

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तितेपातीको प्रयोगबाट स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो ।

तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग भएको विश्वविद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए । सो स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तयार पारिएको सापकोटाले बताए ।

Advertisement

केन्द्रले पहिलो चरणमा १८० लिटर स्यानिटाइजर उत्पादन गरेको र २० एमएलको बोतलमा प्याकिङ गरेको छ । स्यानिटाइजर सोमबारदेखि प्रयोगमा ल्याइएको छ । जिल्लाको नारायणगढ र नवलपुरको गैँडाकोट क्षेत्रका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायी तथा कृषकलाई निःशुल्करूपमा वितरणसमेत गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया