कांग्रेस नेता पाेषनाथ शर्मालाई पितृशाेक

समाधान संवाददाता २०७७ वैशाख १७ गते १७:१०



पोखरा

नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्मालाई पितृशोक परेको छ ।

Advertisement

उनका बुबा टेकनाथ पौडेलको ८३ वर्षको उमेरमा बुधबार बिहान पोखरा १८, विन्ध्येश्वरी टोल पाखास्थित निवासमा निधन भएको हो । उनी केही समयदेखि क्यान्सर र मुटु सम्बन्धी समस्याबाट प्रभावित थिए ।

स्व. टेकनाथ तत्कालिन सल्यान गाउँ पञ्चायत अध्यक्ष र २०४९ मा तत्कालिन सल्यान गाविस वडा नं ८ को वडाध्यक्ष भएका थिए । उनका पाँच छोरामध्य पोषनाथ जेठा छोरा हुन् । दयाराज पौडेल, टेकराज पौडेल र टुकराज पौडेल छोरा हुन् । छोरा खेमराज पौडेलको यसअघि नै निधन भैसकेको छ ।

Advertisement

उनको पार्थिव शरीर बुधबार नै पोखरा १, गाईघाटमा अत्येष्टि गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसी, उपसभापति आइबहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, पोखरा नगर सभापति बजिरमान श्रेष्ठ, नेता युवराज कुँवरलगायतले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए ।

यसैबीच नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।

विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।



तपाईको प्रतिक्रिया