भीम रावलकाे सुरक्षामा खटिएका सशस्त्रका जवान काेराेना संक्रमित

काठमाडौं
नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका १ जवानमा कोरोना संक्रमण भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको रावलका स्वकीय सचिव गोविन्द दुलालले बताए ।
ती सुरक्षाकर्मी १ महिना पहिलादेखि बिदामा गएका थिए । पत्नी बिरामी भएपछि बिदामा गएका उनी १ महिनापछि फेरि काममा फर्किन लागेका थिए । सशस्त्र प्रहरीको सुरक्षा गणबाट फेरि रावलको सुरक्षामा खटिन लागेका उनलाई कोरोना परीक्षण गरेपछि मात्रै आउन भनिएको थियो । सशस्त्र प्रहरीको अस्पतालमा उनको कोरोना परीक्षण गर्दा पाेजेटिभ देखिएकाे थियो ।
रावलको सुरक्षार्थ खटिने गाडीमा रहने उनी भक्तपुर दुवाकोटका हुन् । सशस्त्र प्रहरीले नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको टिमसँग समन्यवय गरेर संक्रमित ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको जनाएकाे छ ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया