थप ५३ जनामा कोरोना संक्रमण, नेपालमा ३५७ पुगे
समाधान संवाददाता
२०७७ जेठ ५ गते १६:१७

समाधान सवाददाता
नेपालमा थप ५३ जनामा काेराेना भाइरस संक्रमण भएकाे छ । बाँकेमा थप ४७ जनासहित अन्य ६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको हाे ।
बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ। भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना, मोरङको प्रादेशिक अस्पतालको प्रयोगशालामा मोरङका १ जना पुरुष, धुलिखेल अस्पतालमा धनुषाका १, रौतहट १, धादिङ १ र दाङका १ जनामा संक्रमण देखिएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
योसँगै नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ । काेराेना भाइरसबाट नेपालमा २ जनाकाे ज्यान गैसकेकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया