एकै दिन ८० जनामा संक्रमण पुष्टि, अवस्था झनै जटिल
पाेखरा
नेपालमा साेमबार एकै दिन ८० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । साेमबार राति थप १८ जना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितकाे संख्या ३ सय ७५ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण अनुसार धनुषा निवासी २ जना पुरुषमा, खोटाङ हलेसी निवासी १ जना पुरुषमा, बाँके, नैनपुर निवासी १२ जना पुरुष, दैलेख, आटविस निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष, झापा निवासी १ जना पुरुष रहेका छन्।
यसअघि सोमबार नै बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको थियो जसमा मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना नयाँ संक्रमित थपिएका थिए। उनीहरु सबै पुरुष थिए।
नेपालका कोरोना संक्रमितहरुमध्ये २ जनाको निधन भइसकेको छ भने ३६ जना निको भएर उपचारपछि घर फर्केका छन्।
तपाईको प्रतिक्रिया