भारतमा संक्रमित लाख नाघे, सन्चो हुने धेरै, मृत्यु न्यून

समाधान संवाददाता २०७७ जेठ ६ गते ९:४०

एजेन्सी

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालालयले विहान जारी गरेको तथ्याङ्क अनुसार भारतभरिमा संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको छ ।

Advertisement

संक्रमितको दर उच्च भए पनि भारतमा सन्चो भएर घर फर्कनेको दर विश्वका अरु देशको तुलनामा उच्च छ भने भाइरसका कारण मृत्यु हुनेको दर न्यून छ ।

भारतमा अहिलेसम्म संक्रमित मध्ये ३९ हजार १७४ जना सन्चो भएका छन । मृतकको संख्या मात्र ३ हजार १६३ पुगेको छ ।

Advertisement

भारतको महाराष्ट्र सबै भन्दा प्रभावित राज्य बनेको छ । माहाराष्ट्रको राजधानी मुम्वई संक्रमित र मृतकको संख्या उच्च छ । त्यसपछि दिल्ली, गुजराज बढी प्रभावित छन । युपीमा भने प्रभावकारी ढंगले काम गरेकाले संक्रमित उच्चदरमा फैलन पाएका छैनन् ।

तपाईको प्रतिक्रिया