नेपालमा पुगे ३७९ संक्रमित, कपिलवस्तुमा ४ थपिए

समाधान संवाददाता २०७७ जेठ ६ गते ११:२९

समाधान संवाददाता

नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३७९ पुगेको छ । कपिलवस्तुमा ४ जना कोरोनाभाइरसका संक्रमित थपिएसंगै संक्रमितको संख्या ३७९ पुगेको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाका उनीहरू भारतबाट आएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

Advertisement

भारतबाट आएपछि उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो। संक्रमित चारै जना पुरुष रहेका छन्।

उनीहरूलाई बुटवल वा दाङको अस्पतालमा लैजाने तयारी गरिएको छ।

Advertisement

सोमबार मात्र एकैदिन ८० जनामा संक्रमण देखिएको थियो । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन्।

तपाईको प्रतिक्रिया