फेरि थपिए ११ जना, संक्रमितको संख्या ३९० पुग्यो
समाधान संवाददाता
२०७७ जेठ ६ गते ११:५०
समाधान संवाददाता
नेपालमा मंगलबार फेरि ११ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन । यो संगै नेपालमा संक्रमितको संख्या ३९० पुगेको छ ।
मंगलबार प्रदेश(१ मा थप ११ जना र ५ मा ४ जनाम व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्। त्यस्तै ४ जना कपिलवस्तुका हुन ।
सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी हुन । झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्। सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो।
यस अघि आजै कपिलवस्तुमा ४ जना संक्रमित थपिएका हुन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्। उनीहरुलाई उपचारका लागि लैजाने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताएका छन् ।
सम्बन्धित








जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया