सभामुख र सांसद सहित १ सय १२ जनाको स्वाब संकलन

समाधान संवाददाता
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, सांसदहरु, सचिवालय कर्मचारी, पिए र चालक सहित १ सय १२ जनाकाे कोरोना भाइरस परीक्षणका लागि बुधबार स्वाब संकलन गरिएको छ । प्रदेश स्वास्थ्य प्रयोगशालाको टोलीले उनीहरुको पिसिआर परीक्षण गर्नका लागि स्वाब नमुना लिएको हो ।
प्रदेश सभा सचिवालयमा कार्यरत सबै कर्मचारी, सवारी सुविधा पाएका सांसदका चालक र उनका पिए लगायत सुरक्षाकर्मीको स्वाब संकलन भएको सचिवालयका अधिकृत जितेन्द्रजंग केसीले जानकारी दिए ।
पहिलो चरणको स्वाब संकलनमा छुटेका २२ जना सांसदको पनि केही दिनभित्रमा नै सम्पन्न हुने उनले बताए ।
गण्डकी प्रदेशमा जेठ ११ गतेदेखि बजेट अधिवेशन हुँदै छ । त्यसकै पूर्वसन्ध्यामा सतर्कता स्वरुप बैठकमा सहभागी हुने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रीहरु सहित सबै सांसद र कर्मचारीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ ।
मंगलबार मुख्यमन्त्रीसहित १ सय ४६ जनाको स्वाब संकलन भएको थियो । प्रदेश सभा अधिवेशन तयारीका साथ पोखरा सभागृहमा हुँदै छ ।








प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
उत्पादनमा लगानी गर्दै अर्घौं कृषि सहकारी
नेका धादिङ पोखरा समितिको रक्तदानमा ४६ पिन्ट रगत संकलन
शुभप्रभात सहकारीमा विश्वको नेतृत्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया