सभामुख र सांसद सहित १ सय १२ जनाको स्वाब संकलन

समाधान संवाददाता २०७७ जेठ ७ गते ११:५८

समाधान संवाददाता

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, सांसदहरु, सचिवालय कर्मचारी, पिए र चालक सहित १ सय १२ जनाकाे कोरोना भाइरस परीक्षणका लागि बुधबार स्वाब संकलन गरिएको छ । प्रदेश स्वास्थ्य प्रयोगशालाको टोलीले उनीहरुको पिसिआर परीक्षण गर्नका लागि स्वाब नमुना लिएको हो ।

प्रदेश सभा सचिवालयमा कार्यरत सबै कर्मचारी, सवारी सुविधा पाएका सांसदका चालक र उनका पिए लगायत सुरक्षाकर्मीको स्वाब संकलन भएको सचिवालयका अधिकृत जितेन्द्रजंग केसीले जानकारी दिए ।
पहिलो चरणको स्वाब संकलनमा छुटेका २२ जना सांसदको पनि केही दिनभित्रमा नै सम्पन्न हुने उनले बताए ।

Advertisement

गण्डकी प्रदेशमा जेठ ११ गतेदेखि बजेट अधिवेशन हुँदै छ । त्यसकै पूर्वसन्ध्यामा सतर्कता स्वरुप बैठकमा सहभागी हुने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रीहरु सहित सबै सांसद र कर्मचारीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ ।

मंगलबार मुख्यमन्त्रीसहित १ सय ४६ जनाको स्वाब संकलन भएको थियो । प्रदेश सभा अधिवेशन तयारीका साथ पोखरा सभागृहमा हुँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया