अस्पतालले भन्यो–गुल्मीका संक्रमितको मृत्यु भएको छैन
समाधान संवाददाता
२०७७ जेठ ७ गते १३:५३

समाधान संवाददाता
गुल्मीको मदाने गाविसका कोरोना संक्रमितको मृत्यु भएको खबर झुटो भएको उनको उपचररत अस्पतालले बताएको छ । विभिन्न सञ्चार माध्यमले उनको मृत्यु भएको खबर प्रकाशन गरेपछि अस्पताल प्रशासनले विज्ञप्ति जारी गरेर खण्डन गरेको हो ।
२ घण्टा अघि देखि प्रदेश सरकारका सामाजिक मन्त्री सुदर्शन बरालको हवाला दिदैं समाचार प्रकाशन भएपछि रुपन्देहीको मणिग्राम स्थित क्रिमसन हस्पिटल प्रशासनले विज्ञप्ती निकालेर उनको उपचार भैरहेको जानकारी दिएको छ । विरामीको भेन्टिलेटर राखेर उपचार भैरहेको र स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।
प्रदेश ५ का मुख्य मन्त्रीका प्रेस संयोजक शेरबहादुर केसीले फेसबुकमा स्टाटस लेखेर मृत्यु जस्तो सम्बेदनशिल कुरामा हतार नगर्न पत्रकारहरुलाई आग्रह गर्दै ४१ बर्षीय शिक्षकको उपचार जारी रहेको जानकारी दिएका छन् ।
सम्बन्धित








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया