अस्पतालले भन्यो–गुल्मीका संक्रमितको मृत्यु भएको छैन

समाधान संवाददाता २०७७ जेठ ७ गते १३:५३

समाधान संवाददाता

गुल्मीको मदाने गाविसका कोरोना संक्रमितको मृत्यु भएको खबर झुटो भएको उनको उपचररत अस्पतालले बताएको छ । विभिन्न सञ्चार माध्यमले उनको मृत्यु भएको खबर प्रकाशन गरेपछि अस्पताल प्रशासनले विज्ञप्ति जारी गरेर खण्डन गरेको हो ।

२ घण्टा अघि देखि प्रदेश सरकारका सामाजिक मन्त्री सुदर्शन बरालको हवाला दिदैं समाचार प्रकाशन भएपछि रुपन्देहीको मणिग्राम स्थित क्रिमसन हस्पिटल प्रशासनले विज्ञप्ती निकालेर उनको उपचार भैरहेको जानकारी दिएको छ । विरामीको भेन्टिलेटर राखेर उपचार भैरहेको र स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

Advertisement

प्रदेश ५ का मुख्य मन्त्रीका प्रेस संयोजक शेरबहादुर केसीले फेसबुकमा स्टाटस लेखेर मृत्यु जस्तो सम्बेदनशिल कुरामा हतार नगर्न पत्रकारहरुलाई आग्रह गर्दै ४१ बर्षीय शिक्षकको उपचार जारी रहेको जानकारी दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया