थप २५ जनामा कोरोना पुष्टि, नेपालमा ४२७ पुगे
समाधान संवाददाता
२०७७ जेठ ७ गते १६:३४

समाधान संवाददाता
नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा थप २५ जनामा कोरोना पुष्टि भएको जनाएका हुन् ।
आज बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। आज थप भएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
सम्बन्धित







निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री पाण्डे
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया