नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुग्यो, आज बिहान थप १७ जनामा पुष्टि

समाधान संवाददाता २०७७ जेठ ८ गते ७:४५

पाेखरा

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षण अनुसार थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

संक्रमितहरु झापा, धनकुटा र सुनसरीका छन् । संक्रमितको अवस्था समान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया