गुल्मीका कोरोना संक्रमित पुरुषकाे मृत्यु

समाधान संवाददाता २०७७ जेठ ८ गते १३:०५

समाधान संवाददाता

कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय पुरुषकाे बिहीबार बिहान मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचारको क्रममा निधन भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो ।

भेन्टिलेटरमा उपचार भइरहेको उनको अवस्था गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले विज्ञप्ति जारी उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

Advertisement

कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ३ पुगेको छ भने संक्रमितको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४५ जना निको भएर घर फर्किइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया