स्याङ्जामा दोस्रो व्यक्तिमा पनि देखियो आरडिटी पोजेटिभ
समाधान संवाददाता
स्याङ्जा, ९ जेठ
स्याङ्जामा दोस्रो व्यक्तिमा आरडिटी पोजेटिभ भेटिएको छ । कालिगण्डकी गाउँपालिकामा शुक्रबार जिल्ला आएका १ जनामा आरडिटी पोजेटिभ भेटिएसँगै संख्या २ पुगेको हो ।
इन्डियाको झारखण्डबाट हिँडेर महेन्द्रनगर आएका २५ युवा गुल्मीको सत्यवती, कालीगण्डकीका साथीसँगै गाडी लिएर कालिगण्डकी आइपुगेका हुन् । युवामा पहिलो पटक आरडिटी परीक्षण हुँदा पोजेटिभ देखिए पनि दोस्रो पटक नेगेटिभ देखिएको थियो ।
बिर्घामा गरिएको परीक्षणमा १ पटक पोजेटिभ गरिएपछि पिसिआरको स्वाब लिने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट आएको टोलीले स्वाब लिने जनस्वास्थ्य निरीक्षक खड्कबहादुर थापाले जानकारी दिए । आरडिटी पोजेटिभ देखिएका युवामा कोरोनाको कुनै लक्षण नरहेको थापाले बताए ।
पोजेटिभ देखिएका युवा र सँगै आएका अन्य २ जनालाई बिर्घामा रहेको क्वारेन्टाइनमा राखिएको छ । बिहीबार मात्रै स्याङ्जाको गल्याङका ३८ वर्षीय युवामा आरडिटी पोजेटिभ भेटिएको थियो ।
भारतबाट आएका गल्याङका युवाको पिसीआर टेस्टका लागि स्वाब पोखरा पढाए पनि नजिता आउन बाकी छ ।
तपाईको प्रतिक्रिया