स्याङ्जामा दोस्रो व्यक्तिमा पनि देखियो आरडिटी पोजेटिभ

समाधान संवाददाता
स्याङ्जा, ९ जेठ
स्याङ्जामा दोस्रो व्यक्तिमा आरडिटी पोजेटिभ भेटिएको छ । कालिगण्डकी गाउँपालिकामा शुक्रबार जिल्ला आएका १ जनामा आरडिटी पोजेटिभ भेटिएसँगै संख्या २ पुगेको हो ।
इन्डियाको झारखण्डबाट हिँडेर महेन्द्रनगर आएका २५ युवा गुल्मीको सत्यवती, कालीगण्डकीका साथीसँगै गाडी लिएर कालिगण्डकी आइपुगेका हुन् । युवामा पहिलो पटक आरडिटी परीक्षण हुँदा पोजेटिभ देखिए पनि दोस्रो पटक नेगेटिभ देखिएको थियो ।
बिर्घामा गरिएको परीक्षणमा १ पटक पोजेटिभ गरिएपछि पिसिआरको स्वाब लिने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट आएको टोलीले स्वाब लिने जनस्वास्थ्य निरीक्षक खड्कबहादुर थापाले जानकारी दिए । आरडिटी पोजेटिभ देखिएका युवामा कोरोनाको कुनै लक्षण नरहेको थापाले बताए ।
पोजेटिभ देखिएका युवा र सँगै आएका अन्य २ जनालाई बिर्घामा रहेको क्वारेन्टाइनमा राखिएको छ । बिहीबार मात्रै स्याङ्जाको गल्याङका ३८ वर्षीय युवामा आरडिटी पोजेटिभ भेटिएको थियो ।
भारतबाट आएका गल्याङका युवाको पिसीआर टेस्टका लागि स्वाब पोखरा पढाए पनि नजिता आउन बाकी छ ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया