नेपालमा थप ३२ जनामा कोरोना संक्रमण, ५ सय ४८ पुगे

समाधान संवाददाता २०७७ जेठ १० गते ९:०५

पाेखरा

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको हाे ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८/ ८ तथा बारा, चितवन र काठमाडौका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष तथा २७ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको हो।

Advertisement

यस्तै सर्लाहीको गोडैता र कविलासी नगरपालिका १८, २० (३ जना), २१, २२, २३, २६ (२ जना), २८, ३३ र ३५ (२ जना) वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ ।

यसैगरी रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० (२ जना), २४ (२ जना), २७, ३० (२ जना), ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै चितवनको भरतपुर–६ का ५२ वर्षे पुरुष, काठमाडौका ३५ वर्षे पुरुष तथा बाराको करैयामाइ गाउँपालिकाकी ३७ वर्षकी महिलामा पनि संक्रमण देखिएको हो ।

काेराेनाबाट नेपालमा ३ जनाकाे मृत्यु भएकाे छ भने ७१ जना निकाे भएर फर्केका छन् ।

तपाईको प्रतिक्रिया