पत्रकारकी पत्नीलाई पनि काेराेना

समाधान संवाददाता २०७७ जेठ १० गते ९:५८

पाेखरा

बाराका एक पत्रकारकी पत्नीलाई कोरोना संक्रमण देखिएकाे छ । यसअघि नै संक्रमण देखिएर उपचाररत पत्रकारकी पत्नीलाई काेराेना देखिएकाे हाे ।

बाराको करैयामाई गाउँपालिका निवासी पत्रकारकी ३७ वर्षीया पत्नी पनि कोरोना संक्रमणको पुष्टि भएको करैयामाई गाउँपालिकाका जन स्वाथ्य अधिकृत रामनाथ चौधरीले जानकारी दिए ।

Advertisement

शनिबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा करैयामाई गाउँपालिकाकी ३७ वर्षीया एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको उल्लेख छ ।

संक्रमित महिलाको स्वाब ५ दिन पहिले संकलन गरिएको चौधरीले बताए । बारामा हालसम्म १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया